युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दशौँ हजार मानिस विद्युत्विहिन भएको जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रूसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दशौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ ।
मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ ।
“आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,” यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । दुई खानीहरू बिजुलीविहीन भएका छन् ।
ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग शहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ ।
जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।
लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन् ।
यसैबीच उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा शहर र बस्तीमा रूसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीहरुले बताएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
