कृष्ण सापकोटा र नारायण घिमिरे पुरस्कृत

राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर फागुन ७ गते उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । फागुन ७ गते यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।

उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ । उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा)ले पुरस्कार प्राप्त गर्नुभयो । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (बिरगन्ज) लाई सम्मान प्रदान गर्नुभयो । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले स्थापना गरेको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार–२०८०’ राजिनन साह र रामबहादुर थापालाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि जनही रु सात हजार पाँच सय रहेको छ ।

रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८०’ मनोज लामिछाने र बलबहादुर विश्वकर्मालाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु सात हजार सात सय ७७ रहेको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रासस पत्रकारिता पुरस्कार–२०८०’ नारायणप्रसाद घिमिरे र मोहम्मद सदरुललाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

‘रासस पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत नारायणप्रसाद घिमिरे

रासस पूर्वकर्मचारी सम्मान राससका पूर्वमहाप्रबन्धक वासुदेव श्रेष्ठलाई प्रदान गरियो । रासस दाङ जिल्ला कार्यालयका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाईको स्मृतिमा स्थापना गर्नुभएको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ राससका तनहुँ जिल्ला समाचारदाता मिलाकुमारी दरैलाई प्रदान गरियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link