न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै प्रथम बन्यो लुम्बिनी प्रादेशिक अस्पताल

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ ।  सेकेण्डरी बी लेभल अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले जनाएको छ ।

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात् मङ्गलवार र बुधवार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

अस्पतालका मेसु डा. सुदर्शन थापा क्षेत्रीको अध्यक्षता ,स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यूनतम सेवा मापदण्डका टिम लिडर दुर्गा लक्ष्मी श्रेष्ठ शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा धेरै सुधार सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो।

स्वास्थ्य सेवा  विभागको डाक्टर नरेन्द्र खनालले तीन दिन गरेको एम एस एसको प्रतिवेदन प्रस्तुतीकरण गर्नु भएको थियो। भने अस्पतालका नर्सिङ प्रमुख ज्योति पौडेलले अस्पतालको विगत वर्तमान र आगामी लक्ष्य सहितको खाका प्रस्तुतीकरण गर्नु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस फोकल प्रश्न दयाशागर पन्थीको स्वागत र प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो।

मूल्याङ्कन समितिमा (न्यूनतम सेवा मापदण्ड )कार्यक्रममा  स्वास्थ्य मन्त्रालयका  उपसचिव कृष्ण थापा बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डेय, निकसाईमनका कार्यक्रम अधिकृत रिता पोखरेल, स्वास्थ्य निर्देशनालय लुम्बिनीका न्यूनतम सेवा मापदण्ड कार्यक्रम फोकल प्रश्न कौशल भण्डारी एमएसएस अधिकृत सञ्जय पौडेलले अस्पतालको अनुगमन निरीक्षण र समीक्षाको सहजीकरण गर्नु भएको थियो।

पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरूबाट उपचारका लागि बिरामीहरू लुम्बिनी प्रादेशिक अस्पतालमा आउने अस्पतालले जनाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link