बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ छिन् भन्नेबारे एक हप्तादेखि सार्वजनिक टिका-टिप्पणी चल्दै आइरहेको थियो।
विन्डसर राजमहलमा रेकर्ड गरिएको भिडियो सन्देश सार्वजनिक गर्दै राजकुमारीले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएकी थिइन्। जनवरीमा पेटको शल्यक्रियाका लागि अचानक राजकुमारी अस्पताल भर्ना भएकी थिइन्। त्यसबेलादेखि नै सामाजिक सञ्जालमा अनेक अनुमान र टिकाटिप्पणी चल्दै आएको थियो।
भिडियो सन्देशमा राजकुमारी केटले शल्यक्रिया पछि थाहा भएको यस क्यान्सरको उपचारको समयमा आफू र आफ्नो गोपनीयताको सबैलाई इज्जत गरिदिन आग्रह गरिन्।
स्वेटर र जिन्स जस्ता अनौपचारिक लुगा लगाएर राजकुमारी केटले यस भिडियो सन्देशमा बोलिरहेकी थिइन्। केटले भिडियो सन्देशमा लगाएका स्वेटरमा प्रारम्भिक वसन्तमा फुल्ने फूलहरू थिए। क्यान्सरसँग लडिरहेका मानिसहरूको लागि यी फूलहरू आशाको प्रतीकको रुपमा हेरिने गरिन्छ।
४२ वर्षीय राजकुमारी केट गत डिसेम्बरको क्रिसमसपछि उनका श्रीमान राजकुमार विलियमसँग सार्वजनिक रुपमा देखिएकी थिइनन् ।
यो समाचार राजपरिवारको लागि एक अर्को झट्काको रुपमा हेरीएको छ। गएको महिना बेलायतका राजा चार्ल्सलाई एक बेनामी क्यान्सर भएको र त्यसको उपचार भइरहेको कुरा सार्वजनिक भएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
