टीबीले अझै मर्छन् एक वर्षमा १८ हजार नेपाली

२४ मार्चः विश्व क्षयरोग दिवस

‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित ११ चैत विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो।   राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन्। ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ। यसैगरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका छन्। पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ।” हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन्। क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन्।

उहाँले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो।  नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त  बनाउने लक्ष्य लिएको छ।

नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएकाकेन्द्रले जनाएको छ। तथ्याङ्क हेर्ने हो भने नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन्। साथै क्षयरोगका कारण बर्सेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ। क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेका डा श्रेष्ठले जानकारी दिनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै क्षयरोगविरुद्ध प्रभावकारी रुपमा लड्न नवीन रणनीति लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा अझै पनि रहिरहनु चिन्ताजनक विषय भएको बताउनुभयो। उहाँले क्षयरोग निवारण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले क्षयरोग रोकथाम, निदान र उपचारको खाँचो रहेका सबैलाई उपचारको दायरामा आउन आग्रह गर्नुभयो। विशेष गरी जोखिम समूह, सीमान्तकृत जनसङ्ख्या तथा दुर्गम क्षेत्रसम्म यसको उपचार पुग्न आवश्यकता रहेको उहाँको भनाइ छ। सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link