लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शुक्रवार साँझ लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको लुम्बिनी बचाउ सङ्घर्ष समितिका संयोजक राम विकास चौधरीले बताएका छन् ।
संयोजक चौधरीका अनुसार कोषको गाडी व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासोपछि विभिन्न माग सहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिँदा गाडीमा सवार रहेका दुई जना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको थियो ।
कार्यालय समय सकिएको आधा घण्टा पछि पनि सेतो नम्बर प्लेटको इलेकट्रोनिक गाडी गुडेको देखेपछि रोकेर सोधपुछ गर्ने क्रममा गाडी भित्रका एक जनाले आफू डिएसपी भएको रवाफ देखाउँदै गाडी दौडाउन लाग्दा लुम्बिनी बचाउ महाअभियानका वरिष्ठ सदस्य मेघनाथ आचार्यको पैताला च्यापी दिएको उनले बताए ।
“सो गाडीमा चालक सहित दुई जना सवार थिए । दुबै जना न कोषका कर्मचारी हुन, न त पदाधिकारी” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले भने । गैर सम्बन्धित व्यक्तिलाई सरकारी गाडी दिएर दुरुपयोग गर्ने–गराउने कोषका कर्मचारी र पदाधिकारी समेतलाई कारबाही हुनुपर्ने उनले माग गरे ।
गाडी प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कन्चन तामाङले बताएका छन् । यस सम्बन्धमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र सदस्य सचिव सानुराजा शाक्य सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । कोषाध्यक्ष सिद्धिचरण भट्टराइले यसबारे बुझिरहेको बताए ।
भिडियो:
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
