भियतनामकी सबै भन्दा ठूलो जग्गा दलाल व्यवसायी ट्रुओङ माई ल्यानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको ठगीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो।
सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको गैरकानूनीरूपमा कब्जा गरेर व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको अभियोग छ।
अभियोजकहरूले उहाँको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन्।
ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गर्नुभएको थियो र आरोप आफू मातहतलाई लगाउनुभएको थियो। अल जजिराका अनुसार उहाँले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गर्नुभएको थियो।
सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले भन्नुभयो, “मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ।”
प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ।
गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो। सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ।
कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ। यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ। यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मुस्ताङ
- सूर्योदय
- नाम्दो गाउँ
- जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
- पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
- पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो