लक्ष्मीदेवीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। यो साता राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा, श्रीधर गौतमलगायतले राजभण्डारीका तीन अंग्रेजी कृति ‘इटर्नल भिजिलेन्स’, ‘द बर्ड अफ प्याराडाइज’ र ‘ब्रायर रोज’ संयुक्त रूपमा लोकार्पण गर्नुभयो।

लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि उप्रेतीले आफूले पाण्डुलिपि पढ्ने अवसर पाएको बताउँदै कविले संवेदनालाई सशक्त ढंगले प्रस्तुत गर्ने कलाले प्रभावित भएको बताउनुभयो। सबै सिर्जनाले जीवनको महत्त्व बुझाउने उनको भनाइ थियो। नेपाली साहित्यका लागि तीनवटै संग्रह महत्त्वपूर्ण रहेको उप्रेतीले बताउनुभयो।

‘इटर्नल भिजिलेस’माथि प्राध्यापक सिग्देल, ‘द बर्ड अफ प्याराडाइज’माथि मोहनप्रसाद लोहनी र ‘ब्रायर रोज’माथि पद्म देवकोटाले समीक्षात्मक धारणा दिनुभयो।

कवि राजभण्डारीले आफूभित्रको भावना शब्द बनेर कवितामा अभिव्यक्त भएको बताउनुभयो। २०४७ देखि कृति प्रकाशन गर्न थालेको र यसमा परिवारले महत्त्वपूर्ण साथ दिएको उनले उल्लेख गरिन्। कार्यक्रममा उनले केही कविता वाचनसमेत गर्नुभयो।

करिब ६ दशकदेखि साहित्यमा सक्रिय राजभण्डारीका यसअघि ‘जीवन यात्राका छायाँहरू’, ‘दीपशिखा’, ‘अपराजिता’, ‘सर्वस्व तिमी’, ‘गुन्जिरहोस् अपार’लगायतका दर्जन बढी नेपाली कृति प्रकाशित छन्। त्यस्तै, ‘अनटिल्ड द ओसन ब्लेड’, ‘यु मे अल’, ‘लभ ड्रप्स’लगायतका अंग्रेजी कवितासंग्रहसमेत प्रकाशित छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link