कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । फाइनल पुगेको कोलकाता उपाधिका लागि प्रतिस्पर्धीको पर्खाइमा रहेको छ ।
मंगलबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा कोलकाता ८ विकेटले विजयी भएसँगै आईपियलको यस सिजनको फाइनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । ओपनर ट्राविस हेडसहित तीन ब्याटर शून्य रनमा आउट भएका थिए। अर्का ओपनर अभिषेक शर्मा ३ रन, नितिश कुमार रेड्डी ९ रन र अब्दुल शामद १६ रन बनाएर आउट भएका थिए।
मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनेको थियो । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिएका थिए । त्यस्तै वैभव अरोरा, हर्षित राना, आन्द्रे रसेल र सुनिल नरिनले एक/एक विकेट लिए ।
३८ बल बाँकी छँदै जितेको कोलकाताको लागि वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
खेलमा वेंकटेशले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५१ रन बनाउँदा कप्तान श्रीयासले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन जोड्न सफल भए । त्यसअघि ओपनर रमनउल्लाह गुर्बाजले १४ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए भने अर्का ओपनर सुनिल नारायणले १६ बलमा ४ चौका प्रहार गरी २१ रन जोडेका थिए ।
पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर बाँकी रहेको छ । हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजेता बनेको खण्डमा हैदराबाद फाइनल प्रवेश गर्नेछ । तर, दोस्रो क्वालिफायरमा जित हासिँल गर्न नसके हैदराबादको आईपीएल-२०२४ को यात्रा समाप्त हुनेछ । एलिमिनेटर खेल आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुँदैछ भने क्वालिफायर शुक्रबार चेन्नाईको एमए चिदाम्बरम स्टेडियममा हुँदैछ ।
कोलकाताको विगत
यसअघि कोलकाताले २०१२, २०१४ र २०२१ गरी तीन पटक आईपीएलको फाइनल खेलिसकेको छ । कोलकाताले २०१२ र २०१४ मा उपाधि जित्न सफल भएको थियो भने आईपियल-२०२१ को फाइनलमा चेन्नाईसँग हार व्यहोर्नु परेको थियो ।
समुहचरणमा लिगको पहिलो स्थान हाँसिल गरी फाइनल प्रवेश गरेको कोलकाताको यो पहिलो पटक हो । २०१२ र २०१४ मा उपाधि जित्दा दुवै पटक कोलकाता लिगको दोस्रो स्थानमा थियो ।
आईपीयल-२०२४ को फाइनल आइतबार चेन्नाईको एमए चिदाम्बरम स्टेडियममा नेपाली समय अनुसार साँझको ७: ४५ बजे हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आदित्य दाहाल का अन्य पोस्टहरु:
- के नेपालमा राजतन्त्र पुनर्स्थापना सम्भव होला ?
- भारतलाई ३-१ ले हराउँदै अष्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी
- प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि तिब्र कानुन निमार्णको आवश्यक
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) लगभग असफल !
- कोटेश्वर चोकको जाम हटाउन ३१ अर्ब २ करोड ऋण
- श्रीस्वस्थानी व्रतकथा मेला आजबाट सुरु
- सरोकारवालासँग छलफल नै नगरी एउटै विधेयकबाट ७९ ऐन संशोधन र दुइटा खारेज गर्न सरकारले समात्यो ‘चोर बाटो’
- पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी
- काठमाडौँ महानगरपालिकाः सूचना अद्यावधिक छैन
- साझा कार्यक्रममा दिगभ्रमित सरकार
