
आदित्य दाहाल
अष्ट्रेलियाले आज भएको पाचौँ टेस्टको तेस्रो दिनमा भारतलाई हराउँदै बोर्डर-गावस्कर ट्रफी जितको छ।
सिड्नी क्रिकेट ग्राउण्डमा भारतविरुद्धको पाँचौ टेष्ट क्रिकेटमा ६ विकेटको जित हासिल गर्दै अष्ट्रेलिया आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको थियो, जुन उसले तेस्रो दिनको दोस्रो सेसनमा पुरा गर्यो। यस जितसँगै अष्ट्रेलियाले पाँच म्याचको टेष्ट सिरिज ३–१ ले जितेको छ। अष्ट्रेलियाले १० वर्षपछि भारतविरुद्ध टेष्ट सिरिजमा जित हासिल गरेको हो। जितसँगै अस्ट्रेलियाका स्कट बोल्यान्ड प्लेयर अफ दि म्याच घोषित भए ।

प्लेयर अफ दी म्याच- अष्ट्रेलियन बलर स्कट बोल्याण्ड
अस्ट्रेलियाको जितमा ओपनर उस्मान ख्वाजाले ४१ रनको योगदान गरे । उनले ४५ बलको सामना गरी चार चौका पनि हाने । अर्का ओपनर साम कोन्सटसले १७ बल खेल्दै तीन चौकासहित २२ रन बनाए ।
तेस्रो दिनको दोस्रो पालीमा सकिएको खेलमा ट्राभिस हेडले नटआउट रहँदै ३४ रन बनाए । हेडले ३८ बलमा चार चौका प्रहार गरेका थिए । अर्का खेलाडी बेउ वेबस्टर नटआउट रहदैँ ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका हानेका थिए ।

जितको लागि अन्तिम रन बनाएपछि खुसी हुदैँ बेउ वेबस्टर ।
भारतका तर्फबाट दोस्रो पालीमा बलर प्रसिद्ध कृष्णाले तीन र मोहम्मद सिराजले एक विकेट लिएका थिए ।
भारतका प्रभावशाली बलर जसप्रित बुमराह घाइते हुनु नै भारतका लागि दुर्भाग्य बन्यो । बोर्डर–गावस्कर शृङ्खलामा बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । तर, दोस्रो दिनको खेलकै क्रममा घाइते भएर मैदान छोडेका बुमराहले तेस्रो दिनको पहिलो पालीमा ब्याटिङ गरेपनि बलिङ भने गरेनन् । यस श्रृङ्खलामा उनी प्लेयर अफ दि सिरिज घोषित भए ।
आफ्नो दोस्रो पालीमा केवल एक सय ५७ रन बनाउँदै भारतीय टोली अलआउट भएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा एक सय ८१ रन बनाएको थियो । पाँचौँ टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ८५ रन बनाएको थियो ।
पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो भने चौथो टेस्टमा अस्ट्रेलिया एक सय ८४ रनले विजयी भएको थियो ।
यस जितसँगै अष्ट्रेलिया वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ, जहाँ उपाधिका लागि अष्ट्रेलियाले साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। सो फाइनल खेल लड्समा जुन ११ देखि १५ सम्म हुनेछ।

एलन बोर्डरको हातबाट बोर्डर-गावस्कर ट्रफी लिदैँ अष्ट्रेलियाका कप्तान प्याट कमिन्स् ।
भारतीय टिमले लगातार दुई फाइनल खेलेको थियो, तर दुवै फाइनलमा क्रमशः न्युजिल्याण्ड र अष्ट्रेलियासँग हार ब्यहोरेको थियो। तेस्रो पटक टेष्ट च्याम्पियनसिपको फाइनल पुग्ने भारतीय क्रिकेट टिमको लक्ष्यमा पूर्णविराम लागेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आदित्य दाहाल का अन्य पोस्टहरु:
- च्याम्पियन्स लिग २०२५-२६: लिग चरणको ड्र र रोचक कथनहरु
- के इटाली २०२६ को विश्वकपमा पनि छनोट नहोला ?
- आइपीएलमा उतारचढाव, शक्तिशाली मुम्बई र चेन्नाई अङ्क तालिकाको अन्तिममा
- ला लिगाको रोमाञ्चक सिजन: बार्सिलोना र रियल उपाधिको दौडमा
- के नेपालमा राजतन्त्र पुनर्स्थापना सम्भव होला ?
- प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि तिब्र कानुन निमार्णको आवश्यक
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) लगभग असफल !
- आईपीएल: फाइनल पुगेको कोलकाता उपाधिका लागि प्रतिस्पर्धीको पर्खाइमा
- कोटेश्वर चोकको जाम हटाउन ३१ अर्ब २ करोड ऋण
- श्रीस्वस्थानी व्रतकथा मेला आजबाट सुरु