राष्ट्रिय सूचना आयोगले लोकसेवा आयोगलाई परीक्षार्थीको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि’ १५ दिनभित्र दिन आदेश गरेको छ ।
गत जेठ १७ गते सूचनाको हक सम्बन्धी ऐनको दफा १० (३)(क) बमोजिम सूचना उपलब्ध गराउनु भन्दै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ तथा आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।
इन्द्रावती-०४, सिन्धुपाल्चोक स्थायी ठेगाना भएकाका पूर्णप्रसाद मिश्रले लोकसेवा आयोगसँग ‘मिति २०८० भदौ २४ र भदौ २५ गते सञ्चालन भएको राष्ट्रिय समाचार समिति सातौँ तह सह समाचारदाता/सह सम्पादक (नेपाली) पदको आन्तरिक प्रतिस्पर्धामा आफु सहभागि परीक्षाको पहिलो र दोस्रो पत्रको लिखित परीक्षाको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।
मिश्रले मागेको सूचना लोकसेवा आयोगले दिन नमिल्ने भन्दै आलटाल गरेपछि सूचना उपलब्ध गराइदिन भन्दै उहाँले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गर्नुभएको थियो । आयोगले सोही पुनरावेदनको आधारमा लोकसेवा आयोगलाई पुनरावेदकलाई १५ दिन भित्र सूचना दिनु भन्दै आदेश दिएको हो ।
सूचना आयोगले जारी गरेको आदेशमा निजले प्राप्त गरेको अन्तर्वार्ताको अङ्कसहितको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भनिएको छ ।
लोकसेवा आयोले भने ‘लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२ को उपदफा (१) मा आयोगको परीक्षाको गोप्यता र संवेदनशीलतालाई मध्यनजर गरी परीक्षासँग सम्बन्धित लिखत तथा कागजात गोप्य रहने बताउँदै आएको छ । लोकसेवाले यससँगै अदालतले परीक्षासँग सम्बन्धित लिखत तथा कागजात उपलब्ध गराउनु भन्ने आदेश आएको बाहेक उक्त कागजात सार्वजनिक गर्न बाध्य नहुने बताउँदै आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
