सेभ द चिल्ड्रेनले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिकालाई नेपाल–भारत सिमानाको प्रवेशद्वार भिट्टमोडमा अवस्थित नवनिर्मित स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण गरेको छ ।
कोभिड–१९, एचआईभी एड्स, क्षयरोग र औलो जस्ता सरुवा रोगहरू नियन्त्रण गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत रु २१ लाख ५४ हजारको लागतमा कन्टेनरमा आधारित उक्त स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या माननीय मन्त्री श्री शत्रुधन प्रसाद सिंहको समुपस्थितमा सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड कार्यक्रमका चिफ अफ पार्टी दिपक पौडेलले जलेश्वर नगरपालिकालाई भवनको स्वामित्व हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका ग्लोबल फन्ड कार्यक्रमका चिफ अफ पार्टी दीपक पौडेलले भन्नुभयो, “नेपालमा ग्लोबल फन्ड कार्यक्रमले एचआइभी, क्षयरोग र औलो उन्मूलन र कोभिड १९ नियन्त्रण गर्न सरकारका योजना तथा कार्यक्रमलाई सहयोग गर्ने हेतुले नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ ।
ठुलो सङ्ख्यामा यस नाका हुँदै नेपाली आप्रवासी मुलुकमा भित्रने गरेका छन् । यस स्वास्थ्य सहायता केन्द्रले जोखिममा रहेका आप्रवासी जनसङ्ख्या र स्थानीय समुदायमा यी सङ्क्रामक रोगहरूको रोकथाम र नियन्त्रण गर्नको लागि एक महत्त्वपूर्ण स्वास्थ्य सेवा केन्द्रको भूमिका खेल्ने पौडेलले बताउनुभयो ।
देशको प्रमुख आवागमन विन्दु वा प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवा मार्फत सङ्क्रामक रोगको नियन्त्रण र निवारण गर्ने नेपाल सरकारको प्रयत्नमा सहयोग स्वरूप सेभ द चिल्ड्रेनले यस स्वास्थ्य सहायता कक्षको स्थापना गरेको हो ।
स्वास्थ्य सहायता कक्षले एचआइभी एड्स, कोभिड १९, क्षयरोग र औलो जस्ता सङ्क्रामक रोगहरूको लागि नियमित परामर्श, परीक्षण र प्राथमिक हेरचाह सेवाहरूको एकीकृत सेवा प्रदान गर्दछ र थप उपचारको लागि प्रेषण सेवा प्रदान गर्दछ ।
यस स्वास्थ्य सेवा संरचना विशेषतः भारतबाट फर्केका आप्रवासीहरू र स्वास्थ्य सेवाबाट वञ्चित अन्य समहरू लक्षित गरी स्थापना गरिएको हो । साथै रोगहरूको उपचार व्यवस्थापन प्रभावकारी बनाउन यस स्वास्थ्य सहायता कक्ष नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आबद्ध रहन्छ ।
ग्लोबल फन्ड अनुदानको प्रिन्सिपल रिसिपियन्टको रूपमा सेभ द चिल्ड्रेनले नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोग अन्त्यको लागि नेपाल सरकारसँग काम गर्दै आएको छ ।
यसअघि सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड कार्यक्रमले कोसी प्रदेशको मोरङको रानी–जोगवानी प्रवेश बिन्दुमा अवस्थित जीर्ण अवस्थामा रहेको स्वास्थ्य सहायता कक्ष भवनको १५ लाख ७६ हजार रुपैयाँको लागतमा मर्मत गरेको थियो ।
सेभ द चिल्ड्रेनले उक्त भवन गत मङ्गलवार कोसी प्रदेशको विराटनगर महानगरपालिकालाई उक्त भवन एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थियो ।
कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिहरू, मधेस प्रदेशका स्वास्थ्य सचिव एवं निर्देशकहरू, जिल्ला प्रमुख अधिकारी तथा जलेश्वर नगरपालिकाका स्वास्थ्य अधिकारीहरू र अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
