सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि २ दिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना अभियानकर्मीहरूको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा युएसएड र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो। आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोगलाई अन्य संस्थासँगको तुलनामा बढी शक्तिशाली बताउनु भयो। प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, यसको सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना अधिकारीको जिम्मेवारी तथा काम कर्तब्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो।
उहाँले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया, र सूचनाबाट उत्पादन शक्तिको महत्त्व पनि दर्शाउनु भयो। त्यसैगरी, प्रशिक्षक कर्ण बहादुर नेपालीले वकालत, सहकार्य, सशक्तिकरण, सूचनाको दुरुपयोग, जरिवाना, र कार्ययोजना लगायतका विषयमा जानकारी दिनु भएको थियो भने अर्का प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्व कार्ययोजना, सशक्तिकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्त्वका बारेमा बताउनु भएको थियो। तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रमको अन्तिममा राम बिकास चौधरीको अध्यक्षतामा ११ सदस्यीय सुचनाको हकका लागि जिल्ला कार्य समिति समेत चयन गरिएको छ । कार्य समितीको उपाध्यक्षमा संजय कुमार मिश्र, सचिवमा अग्निशक्ती यादव, सहसचिवमा माया के.सी र कोषाध्यक्षमा बिजया खत्री रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा महेन्द्र थापालाइ चयन गरिएको अध्यक्ष चॏधरीले बताउनु भयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान