सुनसरीको गढी गाउँपालिका– ६ घर भएका ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको ‘हत्यारा’ पत्ता लागेको छ । सोही गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेवले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
रिङ बनाउने व्यवसायी ज्ञानचन्द्रको गत आइतवार विभत्स तरिकाले हत्या भएको थियो ।
हत्या आरोपी चन्दन बुवा–आमाको मृत्यु भएपछि गाउँघरमा मागेर हिँड्ने गरेका थिए । चन्दन व्यवसायी ज्ञानचन्द्रले रिङ बनाउने ठाउँमा सुत्न आउने गरेका थिए । उनलाई ज्ञानचन्द्रले लखेट्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आइतवार राति पनि सुत्न नदिएकै रिसमा चन्दनले फरुवाले पटक–पटक प्रहार गरेर ज्ञानचन्द्रको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
‘हत्या हुनुभन्दा दुई–तीन दिन अगाडिदेखि ज्ञानचन्द्रले चन्दनलाई सुत्न नदिएर लखेट्ने गरेका छन् । आइतवार राति पनि त्यहाँबाट गालीगलौज गरी हटाएपछि आक्रोशित भएर उनको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘राति चन्दनलाई लखेटेपछि ज्ञानचन्द्र रिङ बनाउने घरको आँगनमा घोप्टे परेर सुतेका रहेछन् । सुतेकाे माैका छाेपी फर्केर आएर आँगनमा रहेको फरुवाले पटक–पटक प्रहार गरेर हत्या गरेको पाइएको छ ।’
हत्यामा संलग्न चन्दन एकोहोरो स्वभावको रहेको प्रहरीले जनाएको छ । ज्ञानचन्द्रको रिङ बनाउनका लागि लिजमा लिएको जस्तापाताको छानो भएको दुईकोठे घर रहेको छ । प्रहरीका अनुसार यही स्थानलाई चन्दनले आफ्नो स्थायी बासस्थान ठान्ने गरेका थिए ।
दुई टुक्रा भएको अवस्थामा ज्ञानचन्द्रको शव सोमवार बिहान भेटिएको थियो । गढी गाउँपालिका २ थलाहामा उनको शव भेटिएको थियो । थलाहामा शरीरको भाग भेटिएको थियो भने ५० मिटर उत्तर–पश्चिममा टाउको भेटिएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
