रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरी गाउँमा गएराति पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएको अनुमान छ ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र चारवटा घर बगाएको घटनास्थलमा पुगेका स्थानीय पत्रकार सिंहराज योञ्जनले जानकारी दिए ।
उनका अनुसार – ‘अहिलेसम्म तीनवटा शव निकालिएको छ। त्यसमा १ जना बालक रहेका छन्। थप ११ जनाको अवस्था अज्ञात छ। केही शवहरू देखा परेका छन् । शव निकाल्ने काम भइरहेकाे छ । केहीलाई भने बगाएको आशंका छ ।’
घटनास्थलमा उद्धारको काम सुरु भएकाे छ । थप विवरण आउन बाँकी छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
