मानव अधिकार तथा शान्ति समाज (केकास) रूसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।समाजले विश्व शान्तिका कामना चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरेको हो।कार्यक्रममा युद्धलाई निषेध र शान्ति प्रवर्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको समाजका सभापति गोविन्द खनालले बताउनुभयो।समाजले चैत्र २१ गते पाल्पाको तानसेनमा पनि यस्तै कार्यक्रम सम्पन्न गरेको थियो।
समाजले एक विज्ञप्ती जारी गर्दै चैत १७ गते गोरखाबाट शुरू गरिएको ‘हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध : शान्ति विशेष र लागू औषध÷मदिरा दुर्व्यसन विरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भएको जानकारी दिएको छ।
यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा दर्जनौँ सभा सम्पन्न गरिएको बताइएको छ।
अभियानका दौरान जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रूपमा तापक्रममा बृद्धि भई हिमाल नाङ्गिन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको कुरालाई जनस्तरमा उठाइएको विज्ञप्तीमा उल्लेख छ।
करोडौ जीवनको स्रोत हिमालय बचाउँन र नदी जोगाउँन ठोस इच्छाशक्ति, नीति र योजना, स्थानीय सहभागिता आवश्यक भएको जनाउँदै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक कदम चाल्नेतर्फ ध्यानाकर्षण गराइएको विज्ञप्तीमा उल्लेख छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै