लुम्बिनी बिकास कोषले काम गरे बापतको रकम भुक्तानि नदिएको भन्दै आइतबारदेखि आन्दोलनरत निर्माण व्यवसायी र लुम्बिनी विकास कोषका पदाधिकारी बिच झडप भएको छ ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको कार्यक्रम लुम्बिनी स्थित होटेल फाईभ इलेमेण्टमा चलिरहेको बेला ठेकदारले पदाधिकारीलाइ लछारपछारगर्दै हातपात समेत गरेका छन ।
कुटपिटबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा सामान्य चोट लागेको छ । ठेकेदारहरूको सो समूहले आफू समेतलाइ हुलहुज्जत तथा लछारपछारगर्दै हातपात गरेको कोषाध्यक्ष शिद्धिचरण भट्टराइले बताए ।
निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक ब्यवहार गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले भने, ‘समाधानकै प्रकृयामा थियॏ, अचानक आक्रमण भयो ।’
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापतिमा.सोनाम गेल्जेन शेर्पा समेतको उपस्थिती रहेको कार्यक्रम चलिरहेकै बेला झडप भएको इलाका प्रहरी कार्यलय लुम्बिनी ले बताएको छ ।
लुम्बिनीको गुरुयोजना क्षेत्र भित्र विभिन्न निर्माण तथा सौन्दर्यकरणको काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीले काम गरेबापत करिब ४९ करोड भुक्तानी पाउन बाँकी छ ।
भिडियो:
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
