अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ९३ जनाको मृत्यु भएको छ।
बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण शुक्रबारदेखि सोमबार बिहान साढे ९ बजेसम्म १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।
बाढी पहिरोमा परेर ९६ जना घाइते भएका छन् भने ३१ जना सम्पर्कविहीन छन्। यसैबीच देशभरबाट ३ हजार ७०५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
