फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो ।
मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् ।
रिपोर्ट अनुसार सन् २०२३ अक्टोबरदेखि सन् २०२४ अगस्टसम्म पत्रकार र डिजिटल मिडियाकर्मीका गरी पाँच वटा हत्या भएका छन् । पत्रकारहरूमाथि ११ वटा हत्या प्रयास गरिएकाले यो रिपोर्ट चिन्ताजक थियो ।
“सिन्धु संरक्षण विधेयक र सङ्घीय संरक्षण ऐन जारी गरिएको भए पनि दुवै सङ्घीय र सिन्धु सरकार यी कानून लागू गर्न असफल रहँदा यसले पत्रकारहरूलाई असुरक्षित बनाएको छ”, फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्बाल खत्तकले भन्नुभयो, “पत्रकार संरक्षणका विशेष कानुनहरू लागू गर्ने राजनीतिक इच्छाशक्ति र संसाधनहरूको अभावले पाकिस्तानमा पत्रकारहरूका लागि स्थिति खतरनाक बनेको छ ।”
सिन्धु सबैभन्दा बढी उल्लङ्घनहरूको सूचीमा रहेको रिपोर्टले देखाएको छ । सिन्धुमा ५७ मध्ये २१ वटा मुद्दा र तीन वटा हत्या दर्ता भएका छन् । त्यसपछि पञ्जाब र इस्लामाबाद आउँछन् । पञ्जाबमा १३ र इस्लामाबादमा १२ मुद्दा दर्ता भएका छन् । खैबर पख्तुनख्वामा सात र बलुचिस्तानमा दुई मुद्दा छन् ।
टेलिभिजन पत्रकारहरूले ३० वटा उल्लङ्घनका मुद्दा भोगेका छन् । यसमा ५३ प्रतिशत पत्रकार समावेश छन् । प्रिन्ट मिडियाले ३५ प्रतिशत र डिजिटल मिडियाले १० प्रतिशत मुद्दा भोग्नुपरेको छ । रेडियो पत्रकारहरूले उल्लङ्घनहरूविरुद्ध दुई प्रतिशत मुद्दा भोगेका छन् ।
प्रतिवेदनले महिला पत्रकारहरूविरुद्ध उल्लङ्घनहरू पनि निर्धारण गरेको छ ।
पाकिस्तानमा मिडिया स्वतन्त्रतालाई संरक्षण गर्न दण्ड मुक्तिको सामना गर्नु आवश्यक रहेको रिपोर्टले जोड दिएको छ । हरेक महिना औसतमा छ वटा पत्रकार विरुद्धका उल्लङ्घन रिपोर्ट हुन्छन् । सङ्घीय सरकारले पत्रकार सुरक्षाका लागि गरेका झुटा प्रतिबद्धताहरूपछि असफल हुनु चिन्ताजनक छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
