ब्रिजवाटर फाउन्डेसनद्वारा तीन जना व्यक्तित्व अभिनन्दित

राजधानीको सिनामङ्गल स्थित ब्रिजवाटर एजुकेसन फाउन्डेसनले  गत शुक्रवार राष्ट्रिय नाचघरमा सम्पन्न एक भव्य समारोहका बिच नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ। वार्षिक रूपमा गरिने सो अभिनन्दन समारोहको मुख्य अतिथि माननीय स्वास्थ्य एवं जनसङ्ख्या मन्त्री प्रदीप पौडेल हुनुहुन्थ्यो। माननीय मन्त्रीले आफ्नो मन्तव्यमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनका लागि प्रशंसा र शुभेच्छा प्रकट गर्नु भएको थियो।

अभिनन्दित व्यक्तितवहरूमा शिक्षातर्फ: शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले, पत्रकारिता तर्फ वरिष्ठ टेलिभिजन पत्रकार एवं अन्तर्वार्ताकार श्री दीलभुषण पाठक एवं बैङ्किङ एवं वित्त तर्फ राष्ट्रिय वाणिज्य बैङ्कका मुख्य कार्यकारी अधिकृत सिए देवेन्द्र रमण खनाल हुनुहुन्थ्यो।

यो समारोहको अध्यक्षता ब्रिज वाटर एजुकेसन फाउन्डेसनका अध्यक्ष सिए दीपक पाण्डेले गर्नु भएको थियो। अभिनन्दन-स्वागत एवं बिदाइ कार्यक्रमको महत्वको बारेमा बोल्दै फाउन्डेसनका अध्यक्ष पाण्डेले भन्नुभयो “आज अभिनन्दित व्यक्तित्वहरू हाम्रा लागि मार्गदर्शक प्रेरणा स्रोत हुनुहुन्छ र वहाँहरूको जीवन र कार्यले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ साथै वहाँहरूलाई सम्मान गर्न पाउँदा ब्रिज वाटर परिवार धन्य भएको छ”।

अभिनन्दित व्यक्तित्वहरूले पनि धन्यवाद सहित आफ्नो सारगर्भित मन्तव्य मार्फत फाउन्डेसन परिवार एवं विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो। उहाँहरूले आफ्नो जीवन अनुभवको सार व्यक्त गर्दै नयाँ पुस्तालाई शिक्षा र कर्मको क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्नु भएको थिए। कार्यक्रमको अन्त्यतिर कलेजका प्रिन्सिपल कृष्ण पौडेलले मन्तव्य एवं भाइस प्रिन्सिपल विष्णु शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो । अभिनन्दन र औपचारिक सत्र बाहेक विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा प्रतिस्पर्धाका कार्यक्रम पनि भएका थिए ।

 कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी, पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो र उत्कृष्टताका लागि पुरस्कार एवं सम्मान समेत प्रदान गरिएको थियो । यस्ता कार्यक्रमहरू हरेक वर्ष सञ्चालन गर्ने गरिएको संयोजक अञ्जनी कोइरालाले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link