एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसीएफले बुधबार जनाएको छ ।
मंगललबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।
यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मंगललबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घण्टासम्म ढिलाइ भएका थिए ।
पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो ।
कार्यालयका अनुसार चालकविना नियन्त्रणमा रहेको रेलको स्वचालित आपत्कालीन प्रक्रिया सक्रिय भएकाले रेल रोकियो ।
मृत्युको परिस्थितिबारे अनुसन्धान जारी छ ।
एसएनसीएफले चालकको मृत्युको पुष्टि गर्दै उनले ‘रेल चल्दै गर्दा आत्महत्या गरेको’ बताएको छ । रेलमा यात्रुहरूको सुरक्षामा वा नेटवर्कमा अन्यत्र सेवाहरूमा कुनै खतरा नभएको एसएनसीएफले बताएको छ ।
बुधबार रेल यातायात ‘क्रमिक रूपमा पुनः सुरु’ भइरहेको थियो । यद्यपि एसएनसीएफले केही सम्भावित थप ढिलाइको चेतावनी दिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
