एक हप्ता अघि हत्या गरिएका बंगलादेशी पत्रकार मोहियुद्दीन सरकेर नईमको घटनाको द्रूत र निष्पक्ष जाँच गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संघसंस्थाले बंगलादेशी अधिकारीहरूसँग माग गरेका छन्।कमिटि टु प्रोटेक्ट जर्नलिस्ट (सीपीजे), रिपोटर्स विदाउट बोर्डर (आरएसएफ) लगायत संस्थाले दोषीलाई तत्काल कारबाही गरेर सञ्चारकर्मीलाई स्वतन्त्र भएर काम गर्न मिल्ने वातावरण बनाउन आग्रह गरेका छन्।
बंगलादेशको राजधानी ढाकाबाट ६० किलोमिटर दक्षिणपूर्वमा रहेको कोमिल्ला डिस्ट्रिक्टबाट प्रकाशित हुने दैनिक क्यूमिलर डाकका पत्रकार नईमको अप्रिल १३ का दिन बंगलादेश–भारतको सिमानामै लागूऔषध कारोवारीले गोली हानी हत्या गरिएका थियो।निजी स्तरबाट सञ्चालित स्थानीय दैनिक क्यूमिलर डाकका सम्वाददाता नईम लामो समयदेखि लागूऔषध कारोबार विरुद्ध कलमका माध्यमबाट लडिरहेका थिए।
लागूऔषध कारोबारीहरूले नै नईमलाई भारत–बंगलादेश बोर्डरबाट कसरी लागूऔषध तस्कर हुन्छ भन्ने प्रत्यक्ष देखाइदिने भन्दै बोर्डर क्षेत्रसम्म ल्याएको सुरक्षा अधिकारीले बताएका छन्।उनको हत्या गर्ने उद्देश्यले उनलाई झुक्याएर भारतको त्रिपुरा राज्यसँगको बंगलादेशी सीमा बुरिचाङ चित्तगोङ्ग डिभिजनसम्म ल्याउन सफल कारोबारीहरूले नै गोली हानेर उनको हत्या गरेका थिए।गोलीको आवाज सुनेर तत्कालै सीमा सुरक्षा बल र प्रहरी त्यहाँ पुगे पनि त्यतिबेलासम्म दोषीहरू हत्या गरेर फरार भइसकेको प्रहरीले बताएको थियो।
केही समय अघिसम्म निजी च्यानल आनन्द टिभीका लागि काम गरेका नईम लागूऔषध तस्करीका विरुद्ध समाचार बनाइरहन्थे।उनले लागूऔषध तस्करहरूका बारेमा प्रहरीलाई जानकारी समेत दिने गरेको बताइएको छ।सीमाक्षेत्रबाट ९ किलोमिटर टाढाको ब्राह्मनपारा गाउँका नईम सीमा क्षेत्र र त्यहाँ हुने गतिविधिबाट पहिल्यैदेखि परिचित रहेको बताइएको छ।
घटनापछि मृतककी आमाले प्रहरीलाई चार सम्भावित दोषीको नाम बताएको र अप्रिल १६ मा राजु नामका एक आरोपीको प्रहरी कारबाहीमा परेर मृत्यु भएको समाचार छ।अन्य दुई आरोपीलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाको सवालमा बंगलादेशको अवस्था सन्तोषजनक छैन।आरएसएफको वल्र्ड प्रेस फ्रिडम इन्डेक्स २०२१ मा बंगलादेश १८० मध्ये १५२ स्थानमा रहेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
