शनिबार दक्षिणी युक्रेनको ओडेसा शहरमा भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । युक्रेनको १९ औँ शताब्दिमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको र कम्तीमा सात जना घाइते भएको घटनाको राष्ट्रसङ्घ निन्दा गरेको हो ।
१९ औं शताब्दीका भवनहरूको सुरम्य सडकहरूको लागि परिचित ‘ब्ल्याक सी’ बन्दरगाहमा पटकपटक रूसी आक्रमणहरू लक्षित हुनेगरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय निकाय (युनेस्कोले) भनेको छ, “युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा गएराति भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा दुई सांस्कृतिक भवनमा गम्भीर क्षति पुगेको छ ।”
“हाम्रो टोली क्षतिको तत्काल कागजातमा सहयोग गर्न र युक्रेनी अधिकारीहरूसँग आवश्यक आपतकालीन हस्तक्षेपहरूको पहिचान गर्न प्रतिवद्ध छ। छिट्टै ओडेसामा युनेस्कोको एक मिशन तैनाथ गरिनेछ।
युक्रेनका क्षेत्रीय गभर्नर ओलेग किपरले घटनाको पुष्टि र विरोध गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ , “ओडेसाको ऐतिहासिक केन्द्रमा रुसी आतङ्ककारीले गरेको आक्रमण भएको छ । आक्रमणका क्रममा सात सवसाधारण घाइते भएका छन् । युक्रेन यसको कडा शब्दमा निन्दा गर्छ।”
किपरले यसअघिका पोस्टमा दुई महिला र एक बच्चा घाइते भएको बताउनुभएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले जानाजानी गरेको आक्रमणको निन्दा गर्दै कुनै पनि व्यक्तिको मृत्यु नहुनु भाग्यको कुरा भएको बताउनुभएको छ ।
किपरले शहरको ऐतिहासिक होटल ब्रिस्टलबाहिर एक महिलालाई स्ट्रेचरमा राखेर उद्धारकर्मीले चलाएको तस्बिर सार्वजनिक गर्नुभएको छ । तस्बिरमा १९ औं शताब्दीको होटलको अलंकृत अग्रभाग र भित्री भागमा क्षति पुगेको देखिन्छ।
युक्रेनको आपतकालिन सेवाले ब्रिस्टल बाहिर सडकमा भग्नावशेषको थुप्रो र लुगामा धुलो लागेकी एक महिलालाई उद्धारकर्ताले सहयोग गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।
अग्निनियन्त्रकहरूले एउटा कोठामा फसेकी एक महिलालाई उद्धार गरी छतमा लागेको आगो निभाएको बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “आक्रमणको केन्द्रबिन्दुमा रहेका व्यक्तिहरूमा नर्वेका कूटनीतिक प्रतिनिधिहरू पनि थिए।”
“युनेस्कोद्वारा संरक्षित क्षेत्रमा धेरै क्षति र विनाश भएको छ,” ओडेसाका नगरप्र्रमुख गेन्नाडी ट्रुखानोभले भन्नुभयो । ओडेसाको ऐतिहासिक केन्द्र युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छ ।
तत्कालीन सोभियत सङ्घद्वारा ध्वस्त पारिएको संरचनालाई सन् २००० को दशकमा पुनर्निर्माण गरिएको थियो भने यसमा सन् २०२३ जुलाईमा रूसी आक्रमणबाट नराम्ररी क्षति भएको थियो।
किपरले भन्नुभयो, “विस्फोटका कारण साहित्यिक, ऐतिहासिक र स्थानीय विद्या, पुरातात्विक सङ्ग्रहालय, पश्चिमी र पूर्वी कला सङ्ग्रहालय र फिलहारमोनिक सहित धेरै ऐतिहासिक स्मारकहरूको झ्यालहरू भत्किएका छन् र उनीहरूको अगाडीपट्टिको भागमा क्षति पुगेको छ।”
युक्रेनी सञ्चार माध्यमले होटल नजिकै ठूलो खाल्डो परेको, भवन चिरिएको, र झ्याल फुटेको र भित्रको भुइँमा फोहर थुप्रिएको तस्बिर सार्वजनिक गरेका छन् ।
रूसी सैन्य ब्लगरहरूले उक्त होटलमा विदेशी सैन्य विशेषज्ञहरू बसेको दावी गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ जहाँ भरिन थाले पर्यटक
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
