अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः क्यानडा, चीन र मेक्सिको विरुद्ध भन्सार लगाएर आफ्नो चुनावी वाचा पूरा गरेका छन् ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाएका छन् । क्यानडा र मेक्सिकोसँग अमेरिकाको सीमा जोडिएको छ ।
मंगलबारदेखि लागू हुने गरी मेक्सिकोबाट आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइनेछ । क्यानडाबाट आउने धेरैजसो सामानहरूमा पनि २५ प्रतिशत कर लाग्नेछ । तर कच्चा तेल जस्ता ऊर्जा स्रोतहरूमा भने १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । ट्रम्पले चीनबाट आउने सामानमा पनि १० प्रतिशत अतिरिक्त कर लगाएका छन् ।
ट्रम्पले चुनावी अभियानको क्रममा यो पनि भनेका थिए कि यी शुल्कहरू यो अमेरिकीहरूका लागि लागत नभएर निर्यातकर्ता देशको लागि लागत हुनेछ भनेका थिए । तर विश्वभरका धेरै अर्थशास्त्रीहरूले ट्रम्पको यो निर्णयमा आश्चर्य व्यक्त गरेका छन् । उनले ट्रम्पको यो कदम अन्य देशहरूका लागि मात्र हानिकारक नभएर आम अमेरिकीहरूका लागि पनि ठुलो खतरा भएको उनीहरू बताउँछन् ।
सीएनएनको रिपोर्ट अनुसार, लोयोला मेरीमाउन्ट विश्वविद्यालयका वित्त र अर्थशास्त्रका प्राध्यापक सुङ वोन सोनले भनेका छन् कि उपभोक्ताहरूको अवस्था झनै खराब हुँदै गइरहेको छ । उनले भने, ‘जब शुल्कको कुरा आउँछ, यो आर्थिक युद्ध हो । र युद्धमा कसै न कसैले त हार्छ नै । शुल्क लगाइएका तीन देशहरूले अमेरिकाको आयातको एक तिहाइ हिस्सा ओगटेका छन् । यी देशहरूबाट आयात हुने वस्तुहरूमा तरकारी, मासु, ग्यास, अटोमोबाइल, इलेकट्रोनिक्स, खेलौना, कपडा, काठ र मदिरा पर्छन् ।
आयात गर्दा बढी पैसा तिर्नु परेकोले यसको भार सिधै उपभोक्ताहरूको काँधमा आउने अर्थशास्त्रीहरु भन्छन् । ट्रम्पको अघिल्लो कार्यकालमा लगाइएको अतिरिक्त महसुलको बोझ अमेरिकी उपभोक्ताहरूले बेहोरेको कयौँ अर्थशास्त्रीहरूले भनेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर