अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजा अधिग्रहरण गर्ने योजनाका लागि थुप्रै आलोचनाका भागी बनेका छन्। उनले यो योजना सबैलाई मन पर्ने भनिरहे पनि सहयोगी राष्ट्रहरूले यस विचारलाई अस्वीकार गरेका छन्। बेलायतले प्यालेस्टिनियनहरूलाई आफ्नो मातृभूमिमा बस्नुपर्ने कुरा उल्लेख गरेको छ।
इजिप्टले गाजामा प्यालेस्टाइनीहरुलाई नै पुर्नवास गरिनु पर्ने राय दिएको छ भने साउदी अरेबियाले प्यालेस्टाइनीरुलाई विस्थापित गर्ने कुनै पनि प्रयासलाई स्वीकार नगर्ने बताएको छ ।
ट्रम्पले गाजालाई दीर्घकालीन रुपमा अमेरिकी स्वामित्व दिने प्रस्ताव हर कुनैले मन पराएको भनी सार्वजनिक रुपमै बोलेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका भ्रमणका दौरान ह्वाइट हाउसमा भएको संयुक्त प्रेस मिटमै उनले गाजालाई अधिग्रहरण गर्ने र त्यहाँका प्यालेस्टाइनीहरुलाई बाहिर निकाल्ने योजना सुनाएका थिए ।
विदेशमन्त्री मार्को रुबियोले समेत ट्रम्पको गाजा क्लिन अफरलाई शत्रुतापूर्ण कदमका रुपमा हेर्न नहुने बताएका छन् । गाजाका नागरिकले त्यो भूमि अर्थात् जमिन आफ्नो बताइँरहँदा प्यालेस्टाइनी प्राधिकरणले प्यालेस्टाइनीहरुको पुर्नवास नहुने बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
