विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।
“हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताउनुभयो ।
उहाँले एआई विकासलाई पारिस्थितिक प्रयासहरूसँग मिल्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले सहभागीहरूलाई सार्वजनिक हितमा हुने एआई एपहरूमा ध्यान दिन आग्रह पनि गर्नुभयो ।
दुई दिने सम्मेलनमा झण्डै एक सय देशका प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका एक हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पहिलो दिन फोरमले एआई, इनोभेसन र ग्लोबल एआई गभर्नेन्स जस्ता विषयमा छलफल गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
- बजेट अभावले खानेपानी आयोजना अलपत्र
- मुस्ताङ: चलचित्र छायाङ्कनको ‘हब’ बन्दै
- आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै
