प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ।
हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गरिने पुष्टि गर्नुभयो। उहाँले प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले छ जना इजरायली बन्धकहरूलाई पनि मुक्त गर्ने बताउनुभयो।
युद्धविराम सम्झौताको मूल सर्तहरू अन्तर्गत, हमासले सयौं प्यालेस्टिनी बन्दीहरूको बदलामा शनिबार तीन जीवित बन्धकहरूलाई र अर्को शनिबार तीन जनालाई रिहा गर्ने थियो।
यो आदानप्रदान इजरायल र हमासबीच युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो।
युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो। पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ।
अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ।
इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- देशका अधिकांश भागमा मौसम सफा रहने
- केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
- मेक्सिकोले कार्टेलविरुद्धको लडाईंमा अमेरिकी ‘आक्रमण’ स्वीकार नगर्ने
- २०२४ मा रुसमा एक हजार ७५ जनालाई आतङ्कवादी अभियोगमा सजाय : पुटिन
- ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
- आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी
- म्यान्सिटीलाई हराउदै रियाल मड्रिड च्याम्पियन्स लिगकोअन्तिम १६ मा
- प्रजातन्त्र दिवस र आइएनएसको तीन वर्ष
- फुलेको सिमल
- थानीमाई मन्दिर र बन्दीपुर बजार
