बेलायती प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने र आगामी संसद्मा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको प्रतिबद्धता जनाउनुभएको छ ।
बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरले संसद्लाई यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण गरिने बताउनुभयो ।
ट्रम्पले नाटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गर्नुभएको छ ।
बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो ।
स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो तर समयसीमा तोकेको थिएन ।
उहाँले सांसदहरूलाई केही ‘कठिन विकल्पहरू’ हुने तर यो ‘शीत युद्धको अन्त्यपछि रक्षामा सबैभन्दा ठूलो निरन्तर वृद्धि’ हुने बताउनुभयो ।
“सरकारले आगामी संसद्मा रक्षा खर्चलाई कूल गार्हस्थ्य उत्पादनको तीन प्रतिशतसम्म पुर्याउने स्पष्ट महत्त्वाकांक्षा पनि राख्नेछ”, उनले भने।
ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आउनुभएको छ ।
“युद्धको प्रकृति उल्लेखनीय रूपमा परिवर्तन भएको छ । यो युक्रेनको युद्धभूमिमा स्पष्ट छ र त्यसैले हामीले लगानी गर्दा हाम्रो क्षमताहरूलाई आधुनिकीकरण र सुधार गर्नुपर्छ”, स्टार्मरले भन्नुभयो, “यो लगानीको अर्थ बेलायतले नाटोमा र हाम्रो महाद्वीपको सामूहिक रक्षामा नेतृत्वकर्ताको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ र हामीले त्यो भूमिकालाई स्वागत गर्नुपर्छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
