अमेरिका भ्रमणका दौरान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइटहाउस मै आफ्ना समकक्षी डोनाल्ड ट्रम्पसँग बाझेर बाहिरिएका छन्।
वासिङ्टन भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए । अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन भ्रमण गरेका थिए ।
ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जेलन्स्कीमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाए । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर, जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रतिको नरम व्यवहारलाई लिएर ट्रम्पलाई खुला चुनौति दिए ।
द्वीपक्षीय छलफलको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्कीमा असह्यभाव प्रकट भएको भिडिओमा देखिन्छ । उनले ट्रम्प र भान्स दुवैलाई जबाफ फर्काएका थिए ।
त्यसपछि अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ ।ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ । त्यसपछि ह्वाइट हाउसबाहिर पर्खिरहेको गाडी चढेर जेलेन्स्की बाहिरिएका थिए ।
दुई राष्ट्रप्रमुखहरूबीचको चर्काचर्कीपछि संयुक्त पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो । पत्रकार सम्मेलन स्थगित हुने भनिएपछि ओभलमा उपस्थित पत्रकारहरू ह्वाइट हाउसबाट बाहिरिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
