“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेँ, पत्रमा लेखिएको छ, ‘युक्रेन स्थायी शान्ति नजिक ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ । युक्रेनीहरूभन्दा बढी कसैले शान्ति चाहँदैनन्’”, ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्दै भन्नुभयो, “उहाँले भन्नुभयो, ‘मेरो टोली र म राष्ट्रपति ट्रम्पको दृढ नेतृत्वमा स्थायी शान्ति प्राप्त गर्न तयार छौँ, हामी अमेरिकाले युक्रेनको सम्प्रभुता र स्वतन्त्रता कायम राख्न गरेको सहयोगलाई धेरै महत्त्व दिन्छौँ’ ।”
यसअघि मङ्गलबार जेलेन्स्कीले शुक्रबार उहाँहरूका बीचको विवादपछि ट्रम्पसँग ‘कुरा सुधार गर्न’ चाहेको बताउनुभएको थियो ।
ओभल अफिसमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सहायताप्रति कृतघ्न भएको आरोप लगाउनुभएको थियो भने ट्रम्पले युद्धरत नेतालाई ‘खेल्ने कुनै कार्ड छैन’ भन्दै आलोचना गर्नुभएको थियो ।
जेलेन्स्की युक्रेनी खनिज स्रोतहरूमा नियन्त्रण सुरक्षित गर्न अमेरिकालाई ट्रम्पद्वारा गरिएको सम्झौतामा हस्ताक्षर नगरी नै प्रस्थान गर्नुभएको थियो ।
पछि ट्रम्प प्रशासनले तीन वर्षअघि रुसले आक्रमण गरेको युक्रेनलाई सबै सैन्य सहायता स्थगित गरेको बताएको थियो।
“खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समयमा तपाईँका लागि सुविधाजनक हुने गरी हस्ताक्षर गर्न तयार छ, उहाँले यो पत्र पठाएकोमा म आभारी छु, यो केही समयअघि मात्रै प्राप्त भयो”, विपक्षी डेमोक्रेटिक पार्टीका धेरै सांसदले आफ्नो ल्यापेलमा अमेरिकी र युक्रेनी झण्डा लगाएका कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “साथै हामीले रुससँग गम्भीर छलफल गरेका छौँ र उनीहरू शान्तिका लागि तयार छन् भन्ने बलियो सङ्केत प्राप्त गरेका छौँ, के त्यो सुन्दर हुँदैन ?“
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
