एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ।
वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट जियान झाओमाथि अमेरिकी सरकारबाट चीनमा अनिर्दिष्ट व्यक्तिहरूलाई बेच्नका लागि गोप्य ‘हार्ड ड्राइभ’ र कम्प्युटर सङ्कलन गरेको आरोप लगाइएको थियो।
सन् २०२४ जुलाईमा सुरु भएको चोरीका लागि झाओले प्रतिबन्धित पदार्थको लागि कम्तिमा १५ हजार अमेरिकी डलर भुक्तानी प्राप्त गर्नुभएको आरोप लगाइएको छ ।
निर्णयक मण्डलीले उहाँलाई अनधिकृत व्यक्तिहरूलाई राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्न र प्रसारित गर्न षडयन्त्र गरेको साथै घूस खोरी र सरकारी सम्पत्तिको चोरीको आरोप लगाएको होे ।
अभियोग पत्रअनुसार झाओले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय प्रतिरक्षासँग सम्बन्धित कागजातहरू, लेखहरू, फोटोहरू, उपकरणहरू र नोटहरू प्राप्त गर्न र प्राप्त गर्न हकदार नभएका व्यक्तिहरूलाई प्रेषित गर्न अन्य सहयोगीहरूसँग मिलेर ‘जानीजानी र गैरकानुनी रूपमा षडयन्त्रमा संलग्न भएको आरोप लागेको छ ।
एफबीआईले सक्रिय अमेरिकी सैनिक ली तियान र पूर्व सैनिक रुओयु डुआनलाई पनि सरकारी सम्पत्ति चोरी र घूस लिएको आरोपमा बिहीबार पक्राउ गरेको छ ।
तियानले ‘संयुक्त राज्य अमेरिकी सेनाको परिचालन क्षमतासँग सम्बन्धित संवेदनशील सैन्य जानकारी सङ्कलन गर्ने’ विशेष गरी अमेरिकी सैन्य हतियार प्रणालीको बारेमा सन् २०२१ नोभेम्बर र सन् २०२४ डिसेम्बरको बीचमा अनिर्दिष्ट रकममा डुआनलाई बेचेको एफबीआईले आरोप लगाएको छ ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पक्राउ परेका प्रतिवादीहरूमाथि हाम्रो देशलाई धोका दिएको, अमेरिकाको प्रतिरक्षा क्षमतालाई कमजोर पार्न सक्रिय रूपमा काम गरेको र चीनमा हाम्रा प्रतिद्वन्द्वीहरूलाई सहयोग गरी सशक्त बनाएको आरोप लगाइएको छ।”
महान्यायाधिवक्ता बोन्डीले भन्नुभयो, “तिनीहरूले छिटो, कडा र बृहत् न्यायिक सजायको सामना गर्नेछन् ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- प्रतिनिधिसभा बैठकः यस्तो छ आजको सम्भावित कार्यसूची
- मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- युक्रेन-अमेरिकाबीच समझदारी: अस्थायी युद्धविरामको सहमति
- युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू
- सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
- सिरियामा सर्वसाधारणको हत्या तुरुन्तै बन्द हुनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
- सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
- जसलाई महिला दिवसले छोएन…
- अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा
