युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताउनुभएको छ।
यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाउनुभएको छ ।
“उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्”, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन् ।”
युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो ।
मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ । त्यहाँ युक्रेनले गत गर्मीमा आश्चर्यजनक आक्रमण गरेको थियो ।
जेलेन्स्कीले युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिनुभएको छ ।
“आज पुटिन ट्रम्पको प्रस्तावसँग सहमत नहुने व्यक्ति हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
उहाँले ३० दिनको युद्धविरामले दीर्घकालीन शान्तिमा वार्तालाई अनुमति दिने बताउनुभयो । यद्यपि उहाँले कुनै पनि क्षेत्र रुसलाई दिने कुरा अस्वीकार गर्नुभयो ।
“संयुक्त राज्य अमेरिकाले जेद्दामा भएको बैठकमा यो मुद्दा उठाएको थियो । उनीहरूले युक्रेनी स्थिति प्राप्त गरे”, साउदी अरबमा अमेरिका र युक्रेनी टोलीहरू बीचको वार्तालाई उल्लेख गर्दै जेलेन्स्कीले भन्नुभयो, “हाम्रो स्थिति यो हो कि हामीले कब्जा गरिएका युक्रेनी क्षेत्रहरूलाई कुनै पनि अवस्थामा रूसी भनेर मान्यता दिँदैनौँ ।”
जेलेन्स्कीले क्षेत्रहरूको मुद्दा जटिल भएको र ‘वार्ताको टेबलमा पछि समाधान गर्नुपर्ने’ बताउनुभयो ।
रुसले दक्षिणी र पूर्वी युक्रेनको ठूलो भाग कब्जा गरेको छ । मस्कोले चार युक्रेनी क्षेत्र पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि कब्जा गरेको दाबी गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
