लामो समयदेखि अनुपस्थित २३ स्वास्थ्य कर्मचारीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

लामो समयदेखि बिनास्विकृति कार्यालयमा अनुपस्थित रहँदै आएका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूमाथि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै डाक्टर, नर्स र ल्याब टेक्निसियनसहितका ती कर्मचारीहरूलाई आफ्नो सफाइ पेस गर्न १५ दिने अन्तिम अल्टिमेटम (समय सीमा) दिएको हो।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) मा भएको व्यवस्थाअनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित देखिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो।

मन्त्रालयका अनुसार तोकिएको १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण वा सफाइ पेस नगरेमा ऐनबमोजिम उनीहरूलाई सेवाबाट हटाउनेसम्मको कारबाही गरिनेछ। जथाभाबी रूपमा बिदा बस्ने र नागरिकलाई सेवा दिनुको साटो कार्यक्षेत्रमा नखटिने प्रवृत्तिलाई निरुत्साहित गर्न मन्त्रालयले यो कदम चालेको जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link