जापान सरकारले आगामी अक्टोबर महिनादेखि लागू हुने गरी देशमा बसोबास गरिरहेका विदेशी नागरिकहरूको भिसा थप (रेजिडेन्सी एक्सटेन्सन) तथा स्थिति परिवर्तन (स्ट्याटस चेन्ज) शुल्क बढाउने अध्यादेश मङ्गलबार स्वीकृत गरेको छ। हाल समान रूपमा रु ६,००० येन (¥६,०००) रहेको यो शुल्क बढाएर अधिकतम रु ७५,००० येन (¥७५,०००) सम्म पुर्याइएको छ।
प्रशासनिक कार्यालयको काउन्टरमा पुगेर प्रक्रिया पूरा गर्नेहरूका लागि परिमार्जित शुल्क तीन महिनासम्मको भिसा थपका लागि १०,००० येन, एक वर्षको लागि ३३,००० येन, तीन वर्षदेखि पाँच वर्षमुनिका लागि ६४,००० येन र पाँच वर्ष वा सोभन्दा बढीका लागि ७५,००० येन तोकिएको छ।
त्यसै गरी, स्थायी आवासीय अनुमति (पर्मानेन्ट रेजिडेन्सी) का लागि आवेदन दिँदा लाग्ने शुल्क हालको १०,००० येनबाट ह्वात्तै बढाएर २००,००० येन पुर्याइएको छ। शुल्कमा गरिएको यो वृद्धि गत मे महिनामा पारित अध्यागमन नियन्त्रण तथा शरणार्थी पहिचानसम्बन्धी संशोधित ऐनमा समावेश थियो।
यसैबिच, सार्वजनिक टिप्पणीका आधारमा शुल्क छुट वा छुट दायरामा पर्ने मानिसहरूको क्षेत्र विस्तार गरिएको छ। अध्यागमन सेवा एजेन्सीका सम्बन्धित दिशानिर्देशहरूले सुरुमा सामाजिक कल्याण प्राप्तकर्ता सरहको आर्थिक कठिनाइ भएका र मानवीय सहायताको आवश्यकता परेका दुवै सर्तहरू पूरा गर्ने मानिसहरूका लागि अस्थायी बसोबास शुल्क १०,००० येन र स्थायी बसोबास शुल्क २०,००० येनमा घटाउन सकिने व्यवस्था गरेको थियो।
सार्वजनिक टिप्पणीपछि एजेन्सीले जापानी नागरिक वा विशेष स्थायी विदेशी बासिन्दाका जैविक सन्तानलाई एक्लै हेरचाह र पालनपोषण गरिरहेका विदेशी नागरिकका साथै बसोबास अस्वीकार गर्दा अमानवीय हुने व्यक्तिहरूलाई समेत मानवीय आधारमा शुल्क छुट पाउने वर्गमा समेटेको छ। विशेष स्थायी विदेशी बासिन्दा भन्नाले दोस्रो विश्वयुद्धभन्दा अघिदेखि जापानमा बसोबास गर्दै आएका र युद्धपछि जापानी नागरिकता गुमाएका व्यक्तिहरू तथा तिनका सन्ततिहरूलाई जनाउँछ।
संशोधित ऐनले अस्थायी बसोबासका लागि अधिकतम शुल्क १,००,००० येन र स्थायी बसोबासका लागि ३,००,००० येनको सीमा तोकेको छ। यद्यपि, शुल्कको निश्चित स्तर भने सम्बन्धित अध्यादेशमार्फत तय गरिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत
- जर्मनीको लाइपजिगमा ‘विस्फोटक ड्रोन’ आक्रमणको प्रयासपछि रुसविरुद्ध कडा कदम चाल्न युरोपेली सङ्घ र नेटो प्रतिबद्ध
- अमेरिकाद्वारा इरानमा बमबारी, जवाफमा मध्यपूर्वका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार
- रसियाद्वारा तीव्र गतिको जेट-ड्रोन प्रहार: किभमा घण्टौँसम्म हवाई आक्रमणको चेतावनी, ३८ को मृत्यु