जर्मनीको लाइपजिग/ह्याले विमानस्थलमा गत अगस्ट महिनामा भएको असफल ड्रोन आक्रमण प्रयासमा रुसको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि युरोपेली सङ्घ र नेटोले रुसविरुद्धको दबाब थप बढाउने र नयाँ रणनीतिमार्फत जवाफ दिने घोषणा गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नेटोका महासचिव मार्क रुट्टेले रुस युरोपभित्र दिनानुदिन थप गैरजिम्मेवार र आक्रामक बन्दै गएको आरोप लगाउँदै यस नयाँ चुनौतीको डटेर सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लाइपजिग घटना र बर्लिनको कडा कदम
गत अगस्ट ४ मा लाइपजिग विमानस्थलमा युक्रेनी कार्गो विमाननजिकै विस्फोटक पदार्थ बोकेको एउटा ड्रोन फेला परेको थियो, जसलाई प्राविधिक टोलीले समयमै निष्क्रिय पारेको थियो। दोस्रो ड्रोन अर्को मालवाहक विमानसँग ठोक्किएको र त्यसको १० दिनपछि विमानस्थल क्षेत्रमै अर्को तेस्रो ड्रोनसमेत भेटिएको थियो। यो विमानस्थल नेटोको लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ र युक्रेनका एन्टोनोभ ओसारपसार गर्ने विमानहरूले यसको प्रयोग गर्दै आएका छन्।
मङ्गलबार जर्मन सरकारले आफ्ना गुप्तचर निकाय र प्रहरी अनुसन्धानको हवाला दिँदै यस घट्नाको पछाडि रुसी गुप्तचर संस्थाहरूको हात रहेको पुष्टि गरेको छ। घटनामा प्रयोग भएका उपकरण, विस्फोटक पदार्थ र प्रणालीहरू रुसी ‘हाइब्रिड’ (छद्म) युद्ध कलासँग मिल्दोजुल्दो रहेको जर्मनीका गृहमन्त्रीले बताएका छन्।
जवाफमा बर्लिनले बोनमा रहेको रुसी महावाणिज्य दूतावास र बर्लिनस्थित रुसी सांस्कृतिक केन्द्र (रशियन हाउस) बन्द गराउने निर्णय गरेको छ। रुसले भने यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै जर्मनीले बिना प्रमाण यस्तो कदम चालेको र यसको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्लिनको कदमलाई गम्भीर गल्ती भनेका छन्।
युरोपभर रुसी कूटनीतिज्ञहरूलाई ताकेता र भिसामा कडाइ
जर्मनीको निष्कर्षपछि फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्सलगायत अन्य युरोपेली देशहरू र इयुले पनि रुसी राजदूतहरूलाई मन्त्रालयमा झिकाएर कडा विरोध जनाएका छन्। इयुका विदेश नीति प्रमुख काजा कालासले रुसी पर्यटकहरूका लागि भिसा नियन्त्रण अझ कडा बनाउने र रुसी ‘स्याडो फ्लिट’ (प्रतिबन्ध छलेर तेल ओसार्ने जहाजहरू) माथि कारबाही तीव्र पार्नेबारे छलफल भइरहेको बताइन्।
यसबाहेक, जर्मनी र पोल्यान्डका विभिन्न विद्युत् सबस्टेशन तथा सैन्य उपकरण बनाउने कारखानाहरूमा भर्खरै भएका सन्दिग्ध आगजनी र तोडफोडका घटनाहरूलाई पनि रुसी हाइब्रिड आक्रमणको हिस्साका रूपमा हेरिएको छ। इयु र नेटोले रुसको युद्धको आर्थिक स्रोत सुकाउन र युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउन आफ्ना नीतिहरू अझ कडा बनाउने स्पष्ट पारेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन: वैश्विक चुनौती समाधान र सहकार्यमा शीर्ष नेताहरूको जोड
- उत्तरी फ्रान्समा रेल दुर्घटना: ४४ जना घाइते, एकको अवस्था गम्भीर
- अक्टोबर ७ को चेतावनी दाबी प्रकरण: नेतान्याहुले इजरायली पत्रिकारुद्ध मुद्दा हाल्ने
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत