भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन्।
जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार १०० भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परको हो।
हालैको बाढीबाट विदुर नगरपालिका–१ को बान्द्रे, वडा नं ४ स्थित बसपार्क, बेलकोटगढी नगरपालिका–७ स्थित छब्बिसेको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ।
नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ रेग्मीले जानकारी दिए।
नदीले कटानको बस्तीसहित उक्त स्थानमा रहेका सामुदायिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ। बेलकोटगढी–७ को छब्बिसेमा बस्तीसहित गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको गल्छी–देवीघाट सडक खण्डलाई क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भदौ १० को बाढीबाट बचेको संरचनालाई समेत निरन्तर नदी कटानका कारण प्रभावित तुल्याएको छ। अहिले गल्छी–देवीघाट सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
नदीको कटानले स्थानीय बसपार्कसहित नेपाल विद्युत् प्राधिकरणले उक्त स्थानमा निर्माण गरेको ‘चार्जिङ स्टेशन’, विदुर नगरपालिकाले निर्माण गरेको कोसेली घरसहितको संरचना पनि जोखिममा परेको छ।
यसैबिच, भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीले जग्गा कटान गरेको, भवनसहितका भौतिक संरचना ध्वस्त बनाएको अवस्थामा बाढीबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा