काठमाडौं महानगरपालिका वडा नं. ७ द्वारा आयोजित प्रथम वडाध्यक्ष भेट्रान कप फुटबल २०७९ को उपाधि ढोलाहिटी युथ क्लबले जितेको छ।चावहिल गणेशस्थानस्थित खेलमैदानमा मंगलवार सम्पन्न फाइनलमा ललितपुरको टोली ढोलाहिटी युथ क्लबले काठमाडौँ ठमेलको फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गर्यो।विजेता टोलीले प्रथम वडाध्यक्ष भेट्रान कपको उपाधिका साथै पुरस्कारराशी स्वरूप एक लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता फ्रिडम फाइटरले ५० हजार रुपैयाँ पुरस्कार पायो।
प्रतिश्पर्धात्मक फाइनलका तीनै गोल खेलको पहिलो हाफमा सम्भव भएका थिए।पहिलो हाफको पाँच मिनेट बित्न नपाउँदै फ्रिडम फाइटरका विकर्ण श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।तर गोल खाएको दश मिनेटभित्रै दुई गोल फर्काउँदै ढोलाहिटी खेलमा पुनरागमन गर्न सफल भयो।ढोलाहिटीका लागि नितिन गुरुङ र सरोजलाल श्रेष्ठले एक—एक गोल गरे।
प्रतियोगितामा राजधानीका १४ र हेटौँडा र रुपन्देहीका १–१ गरी कुल १६ टोलीले सहभागिता जनाउने तय भएता पनि पहिरोका कारण बाटो अवरुद्ध भएपछि हेटौँडाको टोली उपस्थित हुन नसक्दा १५ टोलीबीच नकआउट राउण्डका आधारमा प्रतिश्पर्धा गराइएको चाबहिल स्पोर्टस् क्लबका एन्थोनी खानले बताउनु भयो।पाँच दिनसम्म चलेको यो टुर्नामेन्टलाई चाबहिल स्पोर्टस् क्लबले अझै व्यवस्थित र बिस्तारित गर्दै आगामी वर्षहरूमा नियमित आयोजना गर्ने समेत खानले जानकारी गराउनुभयो।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी फ्रिडम फाइटरका राजकुमार घिसिङ घोषित भए भने प्रतियोगितामा डबल ह्याट्रिकसहित ९ गोल गरेका फ्रिडमकै विकर्ण श्रेष्ठले सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गराए।विजेता टोली ढोलाहिटीका गोलरक्षक दिपक डंगोल उत्कृष्ठ गोलरक्षक र रक्षक सरोजलाल श्रेष्ठ उत्कृष्ठ रक्षक घोषित भए।उत्कृष्ठ सबैले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे।मंगलवार सम्पन्न फाइनलका विजेता टोली तथा प्रतियोगिताका उत्कृष्ठ खेलाडीहरूलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य गगन थापा एवम् वडा नम्बर ९ का अध्यक्ष विमलकुमार होडाले ट्रफी तथा पुरस्कार वितरण गर्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस