एउटा हाकिमको अभावले कति फरक पार्दो रहेछ पालिकाको सुशासनमा  

लेखापाल मन नपरेका कारण निमित्तलाई तलव, सेवासुविधा र सामाजिक सुरक्षा भत्ताको मात्र चेक काट्ने अधिकार ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका चार महिना देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको छ ।  पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषि राम पन्थी २०७९ असौज १३ गते सरुवा भएर गएसँगै लेखा अधिकृत ऋषिदेव अर्यालले पालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक ०३ गते पालिकाको आर्थिक तथा प्रशासनिक एवम् खाता सञ्चालनको जिम्मेवारी सहित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लेखा अधिकृत ऋषिदेव अर्याल दिइएता पनि कार्यपालिकाको आन्तरिक विवादले गर्दा खाता सञ्चालनलगायतका कामकाजमा समस्या देखिएको छ ।

कार्यपालिकाको विवादका कारण कर्मचारीहरूको तलव, सामाजिक सुरक्षा भत्ता र पदाधिकारीहरूको सेवा सुविधा वितरण गर्नको लागि खाता सञ्चालनको अधिकार दिएकोले अन्य कार्यको भुक्तानिको लागि समस्या भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी बताउनुहुन्छ। आधा आर्थिक वर्ष समापन हुन लाग्दासम्म मन्त्रालयले हाकिम नपठाउदा अन्योलता बढेको कमलेशशरणले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘आधा आर्थिक वर्ष वित्न लाग्यो मन्त्रालयले हाकिम पठाउदैन्, कार्यपालिकाले मन्त्रालयले अधिकार दिएका निमित्तलाई पुर्ण अधिकारी दिएको छैन्, मेरो बहुमत पनि छैन, योजनाहरू सञ्चालन गर्न समस्या छ, सञ्चालन गरेको योजनाहरूको भुक्तानि रोकिएको छ । काम गरेका मजदुरहरू, सप्लायर्स देखी सबैले भुक्तानिको लागि दवाव दिएका छन्, मेरो हात बाधिएको छ ।’

मन्त्रालयको पत्रको आधारमा प्रमुख प्रशासकिय अधिकृत एंव लेखा अधिकृत अर्याल र पालिकाका लेखापाल जियाउर रहमान खाँको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गरी काम कारवाही अगाडी बढाउन समस्या नभएता पनि बहुमत कार्यपालिका सदस्यहरूले लेखापाल खाँनलाई आर्थिक कारोवार गर्न नदिने भन्ने अडान लिएका कारण समस्या भएको गाउँपालिकाका एक अधिकृतले बताए । पालिकामा बहुमत कार्यपालिका सदस्दहरू पालिकाका लेखापाल समेत रहेका स्थानिय जियाउर रहमान खाँको हस्ताक्षरबाट पालिकाको आर्थिक कारोवार भएको हेर्न चाहादैन्न, र सकेसम्म सरुवा गराएर पठाउन खोजेका छन् । यसबाट पालिकाको सम्पुर्ण गतिबिधीमा समस्या भएको छ।

योजना सम्झौता लगायतका दैनिक गतिविधि सञ्चालनमा रहेता पनि कार्यपालिकाले तलव, पदाधिकारीको सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता वितरणको मात्र आर्थिक कारोवार गर्ने अधिकारी दिएकोले अन्य भुक्तानी लगायतका कार्यहरू रोकिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अर्याल बताउछन् ।

मन्त्रालयले पुर्ण अधिकार दिएको पत्र पठाएका निमित्त प्रमुख प्रशासकियले सम्पुर्ण कार्य गर्न गराउन पाएता पनि स्थानिय तहहरूले आफ्नो स्थानिय आवश्यकता अनुसार काम गरारहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङ बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, स्थानिय तहहरूको आफ्नो सहजताको आधारमा काम गर्ने गरेकाछन्, बिभिन्न पालिकाले निमित्तहरूबाटै काम गराउन खोज्दछन्, उहाँहरूले आफ्नो आवश्यकता र सहजता हेर्ने हो तर कोही पनि अधिकृत आफु फस्ने गरि निर्णय गर्दैनन् उनले भने ।

निर्वाचन र सरकार गठनका कारण प्रमुख प्रशासकिय अधिकृत सरुवा लगायतका कार्यहरू प्रभावित भएता पनि अव छिट्टै हुने प्रवक्ता तामाङले बताउनुभयो।  आफु स्थानिय भएकाले वडा अध्यक्षहरूमा केही अहमता देखिएकाले खाता सञ्चालनमा विवाद गरेको लेखापाल जियाउर रहमान खाँन बताउनुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

बसन्त बन्जाडे का अन्य पोस्टहरु:
एउटा हाकिमको अभावले कति फरक पार्दो रहेछ पालिकाको सुशासनमा  
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link