एकजना प्रजिअको प्रयासले पनि हुनसक्छ सुशासन

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट)  फारम कार्यालय भित्रैबाट भर्ने व्यवस्था मिलाएको छ।  कार्यालयले भित्रैबाट राहदानी फारम भर्ने व्यवस्था मिलाएसँगै सेवाग्राहीहरूलाई सहज भएको छ।

कार्यालय भित्रै फारम भर्ने व्यवस्था भए सँगै पासर्पोट बनाउने सेवाग्राहीहरूले राजस्व दस्तुर बाहेक अतिरिक्त रकम बुझाउनु नपर्ने भएको छ।  पासपोर्ट बनाउनको लागि अनलाईन माध्यमबाट भर्नु पर्ने फारम विगतमा सेवाग्राहीले स्वमं आफैले भरेर कार्यालयमा बुझाउनु पर्ने रहेकोमा २०७९ चैत्र २२ गतेदेखि कार्यालय भित्रै भर्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनु भएको छ।

बिगतमा अनलाईन माध्यमबाट फारम भर्दा जिल्ला प्रशासन कार्यालय बाहिर रहेको अनलाईन सेवा प्रदायकहरूले चर्को मुल्य लिने गरेको भन्दै व्यापक जनगुनासो आए पछि भित्रै बाट फारम भर्ने व्यवस्था मिलाएको प्रजिअ आचार्यले बताउनु भयो।

सहायक प्रजिअ अनिल पौडेलका अनुसार चैत्र २२ गते देखी बैषाख ११ गते सम्म १ एक हजार ३ सय जनाको निः शुल्क अनलाईन फारम भरी सकेका छन्।   दिनमा सयौ जना राहदानीको लागि फारमका लागि आउने गरेता पनि टाइम कार्डको आधारमा प्रत्येक दिन ६० देखी ७० वटा पासपोर्टका फारमहरू भरिने गरेको सहायक प्रजिअ पौडेलल जानकारी दिनु भयो।

राहदानीको लागि आउने सेवाग्राहीको नाम दर्ता गरेर फाराम भर्न आउनको लागि टाईमकार्ड दिने गरिएको अहिले ५ देखी १० दिन भित्रमै पालो आउने गरेको सहायक प्रजिअ पौडेलले बताउनु भयो।

कार्यालयले भित्रैबाट पासपोर्टको फाराम भर्न थाले पछि सेवाग्राहीहरूलाई सहज भएको स्थानिय युवा बिजय पौडेलले बताउनु भयो।  बिगतमा एउटा फारम भर्न बिचौलियाहरूलाई कागजात बुझाएर १५ दिन देखी एक महिना सम्म कुरेर पछि चर्को मुल्य तिरेर अनलाईन फारम भर्नु पर्ने बाध्यताबाट मुक्ति मिलेको उहाँले बताउनु भयो।

बिगतमा सेवाग्राहीले पासपोर्ट फारम भर्न १५०० देखि ३५०० सम्म बिचौलियहरूलाई बुझाउन परेकोमा अब त्यो धन्दा बन्द हुने आशा रहेको मानव अधिकारकर्मी रामदयाल ठाकुरले बताउनु भयो।   नयाँ प्रजिअको यो कदमले एउटा प्रशासकले सुशासनमा कस्तो प्रभाव पार्न सक्दो रहेछ, भन्ने उदाहरण समेत रहको ठाकुरको बुझाई छ।  ठाकुरले प्रशासनले यसलाई निरन्तरता दिनु पर्ने समेत बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अहिले सेवाग्राहीहरूको चापलाई मनन गरेर शनिबार बाहेक सार्बजनिक विदाको दिन पनि कार्यालय खोल्दै आएको प्रजिअ आचार्यले बताउनु भएको छ।  नयाँ बर्षको दिन बैषाख १ गते पनि कार्यालय संचालनमा आएको र मे एक तारिख अर्थात मजदुर दिवसको दिन बैसाख १८ गते पनि कार्यलय संचालनमा आउने उहाँले जानकारी दिनु भयो।

प्रशासन कार्यालयले राहदानी दस्तुर लगायतका राजस्व बुझाउन सेवाग्राहीहरू सहज होस् भनि एक महिना भित्रै राष्ट्यि बाणिज्य बैंकको काउन्टर पनि प्रशासन कार्यलय भित्रै खोल्ने ब्यवस्था मिलाउन आफु लागु परेको प्रजिअ आचार्यले बताउनु भएको छ।  प्रशासन कार्यालय भित्रै बाणिज्य बैंकको काउन्टर स्थापना हुने भए पछि बिभिन्न दस्तुर तथा राजस्व तिर्न कार्यालयबाट करिव १ किमि टाढा रहेको बाणिज्य बैंकमा धाएर लाईनमा बस्नु पर्ने बाध्यता हट्नुका साथै सेवाग्राहीलाई सहज हुने बिश्वास गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

बसन्त बन्जाडे का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link