राष्ट्रिय शैक्षिक परार्मश संघको साधारणसभाबाट सन्तोष प्याकुलेरको नेत्तृवमा नयाँ कार्यसमिति चयन भएको छ । संघ (NECA) को चौथो वार्षिक साधारण सभाले अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमण कोइराला, महाँसचिब दिपक कोइराला, सचिबहरू प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरूमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारीलाई चयन गरेको छ।
साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको छ । कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आइ डि पि आइ इ एल टि यस का प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू रहेका थिए र उहाँहरूले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको छ ।
उक्त कार्यक्रममा अस्ट्रेलियन कलेजहरू जब ट्रेनिङ ईन् टिच्यूट, कि टु लर्निङ कलेज, किङस्टन ईन् टिच्यूट अस्ट्रेलिया, ब्लु लोटस कलेज, ए ए बि टि कलेज, एस सि सि यम कलेज, सि आइ एम कलेज, स्टिडि ग्रुप, एस ए बिटी कलेज, म्याक्यालन कलेज, भि आइ इ कलेज लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो र एडभेन्टास, एजेन्टिक्स, सिच्यूवान एयर लाइन्स आदि संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) शैक्षिक परामर्श संस्थाहरूको अग्रस्थानमा रहेको छाता संगठन हो । यसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श दिदै समाजमा देखिएका विकृती र विसङ्गती विरुद्ध आवाज उठाउदै आइरहेको छ । नेकाले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विधार्थी तथा अभिभावकहरू सँग वेदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्ने लगायत आफ्ना सदस्य संस्थाहरूलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेजहरू तथा त्यसका प्रतिनिधिहरूको विकृति विरुद्ध सशक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिदैआएको छ । स्थापनाको छोटो समयमानै धेरै शैक्षिक परामर्श व्यवसायीहरू नेकामा आवद्ध भैसकेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका हो ?
- ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई नभएर पीडितलाई संरक्षण गर्नुपर्छ’
- लुम्बिनीमा सत्तासमीकरण फेरिने
- विद्यालयमा शिक्षकको मापसे परीक्षण गरिने
- वीरगञ्जमा ‘रात्री बजार’
- के हो साइबर अपराध ?
- साङ्घातिक आक्रमण हुन थालेपछि बैंक कर्मचारी आतङ्कित
- जापानमा बढ्यो साइबर अपराध
- नक्कली ‘देश कैलाशा’ बाट ठगियो अमेरिकको नेवार्क सहर
- के हो नेपाललाई जिताउने ‘डकवर्थ एन्ड लेविस’ नियम?