केही दिनदेखि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएकाे तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएकाे तस्बिरहरु सामाजिक सञ्जालमा व्याप्त भैरहेका छन् ।
पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
त्यस्तै नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उहाँलाई कारागारमा हालिएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा फैलिएको छ ।
सञ्जालका विभिन्न माध्यममा ट्रप र पुटिनको भाइरल भएको अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ भएको हो । ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् ।
नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् ।
मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउनुहुन्छ । मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उहाँको तर्क छ ।
उहाँका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उहाँ बताउनुहुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
