मिटरब्याज पीडितको बयान: साहुको धम्कीदेखि डराउँदिनँ

खैरुल खातुन, सिरहा

मेरो नाम खैरुल खातुन हो । म ३६ वर्षको भएँ । मेरो घर सिराहा जिल्ला गोलबजार १३ मा पर्दछ । साहुको नाम रामलखन महतो हो र अर्को साहुको नाम लाल चमार हो । मैले राम लखनसँग पचास हजार रुपैयाँ लिएको थिएँ, र त्यो पैसा मैले दिएँ पनि, तर उसले ३ लाख १५ हजारको कागज बनायो र अदालतमा जमिन रोक्का गरायो । मैले जति भनेपनि सुनेन  । अझै ५–६ लाख दे भन्छ । अब मसँग पैसा छैन । मैले कसरी दिनु ? अब म पैसा दिन्नँ ।

मैले पैसा लिएँ त सरकारको नियम अनुसार लिनुस् । उसको मर्जी अनुसार त म दिन सक्दिनँ । त्यो लालसँग मैले एक लाख रुपैयाँ लिएको थिएँ र ६ महिनामै १ लाख ३० हजार फिर्ता दिएँ । छ महिना भित्रै पैसा दिइसक्दा पनि उ हाम्रो घरमा आएर घर घेरनी, अरु पैसा दे, पैसा किन दिँदैनस, नत्र पैसाको कागज  बनाइदिन्छु भन्छ ।

अनि मैले भने , तँ कागज बना जे गर्नुछ गर म अब डराउँदिन । तँ भन्छस् मेरो छोरा उठाइदिन्छु, तर मेरो छोरा उठाउन सक्दैनस्तैँलेभन्दा धेरै मैले बुझेको छु । मैले राजनीति गरेको पनि १० वर्ष भैसक्यो । मैले राजनीति गर्न खोजेको हैन । तैँले मलाई धम्की दिन्छस् ।

अर्को साहु आएर तेरो छोरा रोडमा काटिदिन्छु भन्छ, जबकी उसलाई मैले २० हजार मात्र दिन्छु । तेरो छोरा रोडमा तीन टुक्रा भए के गर्छस् भन्छ । अनि म उसको घरमा गएर भनेँ, तँ इमानदार मान्छे होस भने पैसा लिउ । किन मेरो छोरा लाई त्यस्तो भन्छस् । मलाई धेरै धम्की दियो । तर म त्यो धम्कीदेखि डराउँदिन । मैले कति पटक भने पैसा लिनु छ त पैसा लेउ । तँ मलाई मार्न सक्दैनस, मेरो छोरा उठाउन सक्दैनस् ।

भिडियो हेर्नोस् :

 

प्रस्तुती : रूपेश आचार्य, प्रशिक्षार्थी पत्रकार

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मिटरब्याज पीडितको बयान: साहुको धम्कीदेखि डराउँदिनँ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link