मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९ बस्ने साहु रामअवतार यादवसँग २ लाख रुपैयाँ लिएको थिएँ । उसले २ लाख रुपैयाँको ४२ लाख मागेको छ । दुईलाख लिएकोमा पाँचलाख रुपैयाँको तमसुक बनाएर १२ कठ्ठा जमिनको कागज पनि बनाएर राजीनामा पास गरायो । मेरो ८ कठ्ठा जमिन उसले आफै बेचेर ३२ लाख रुपैयाँ पनि लियो ।
हामी दुई भाई मिलेर विदेशबाट कमाएर पाँचलाख रुपैयाँ जम्मा गरेर पनि दियौँ । सबै रकम मिलाएर अहिलेसम्म उसलाई ३७ लाख रुपैयाँ दिइसक्यौं । हामी बसोवास गरेको ठाँउमा अझै साढे चार कठ्ठा जति जमिन छ त्यसमा पनि दाबी गरिराछ । रामअवतार यादव को छोरा, शिवकुमार यादवको नाममा हाम्रो जग्गा राखिएको छ । शिवकुमार घरिघरि आएर यो जग्गा खाली गर हामी यो जग्गा बेच्छौँ भन्छ । त्यो ८ कठ्ठा जग्गा जमिन बेचेर लिएको पैसा र पाँच लाख नगद दिएको बेलामा तिम्रो घर चाहिँ फिर्ता गर्छु भन्थ्यो, तर २ वर्ष बितिसक्दा पनि आज गर्छु, भोलि गर्छु भनेर आश्वासन दिन्छ, तर फिर्ता गर्दैन ।
अझै ३० लाख रुपैयाँ दे अनि मात्र तेरो घर भएको जग्गा फिर्ता गर्छु भन्छ । त्यसको कारण टेन्सन, टर्चरले गर्दा मेरो बुबाको दुई पटक प्यारालाइसिस भएर २ वर्ष पछि बित्नु भयो । हाम्रो गाँउमा उसका दुई करोड भन्दा बढिको सम्पती छ, जुन सम्पती अरुको घरजग्गा, सम्पती सबै जफत गरेर राखेको हो ।
हाम्रो अनुरोध सिराहा सीडीओ र संघीय सरकारलाई यो छ कि उसलाई गिरफ्तार गरियोस । मान्छेको तमसुक गरेका जग्गा फिर्ता गरियोस ।
भिडियो हेर्नोस् :
प्रस्तुती : रुपेश आचार्य, प्रशिक्षार्थी पत्रकार
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै