मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९ बस्ने साहु रामअवतार यादवसँग २ लाख रुपैयाँ लिएको थिएँ । उसले २ लाख रुपैयाँको ४२ लाख मागेको छ । दुईलाख लिएकोमा पाँचलाख रुपैयाँको तमसुक बनाएर १२ कठ्ठा जमिनको कागज पनि बनाएर राजीनामा पास गरायो । मेरो ८ कठ्ठा जमिन उसले आफै बेचेर ३२ लाख रुपैयाँ पनि लियो ।
हामी दुई भाई मिलेर विदेशबाट कमाएर पाँचलाख रुपैयाँ जम्मा गरेर पनि दियौँ । सबै रकम मिलाएर अहिलेसम्म उसलाई ३७ लाख रुपैयाँ दिइसक्यौं । हामी बसोवास गरेको ठाँउमा अझै साढे चार कठ्ठा जति जमिन छ त्यसमा पनि दाबी गरिराछ । रामअवतार यादव को छोरा, शिवकुमार यादवको नाममा हाम्रो जग्गा राखिएको छ । शिवकुमार घरिघरि आएर यो जग्गा खाली गर हामी यो जग्गा बेच्छौँ भन्छ । त्यो ८ कठ्ठा जग्गा जमिन बेचेर लिएको पैसा र पाँच लाख नगद दिएको बेलामा तिम्रो घर चाहिँ फिर्ता गर्छु भन्थ्यो, तर २ वर्ष बितिसक्दा पनि आज गर्छु, भोलि गर्छु भनेर आश्वासन दिन्छ, तर फिर्ता गर्दैन ।
अझै ३० लाख रुपैयाँ दे अनि मात्र तेरो घर भएको जग्गा फिर्ता गर्छु भन्छ । त्यसको कारण टेन्सन, टर्चरले गर्दा मेरो बुबाको दुई पटक प्यारालाइसिस भएर २ वर्ष पछि बित्नु भयो । हाम्रो गाँउमा उसका दुई करोड भन्दा बढिको सम्पती छ, जुन सम्पती अरुको घरजग्गा, सम्पती सबै जफत गरेर राखेको हो ।
हाम्रो अनुरोध सिराहा सीडीओ र संघीय सरकारलाई यो छ कि उसलाई गिरफ्तार गरियोस । मान्छेको तमसुक गरेका जग्गा फिर्ता गरियोस ।
भिडियो हेर्नोस् :
प्रस्तुती : रुपेश आचार्य, प्रशिक्षार्थी पत्रकार
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
