भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिची’को असमायीक निधान भएको छ। भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व रुपमा परिचित द्विवेदीको निधनले नेपालको भोजपुरीया साहित्य र संस्कृतिमा अपूरणीय क्षति भएको छ। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ बर्षिय द्विवेदीको शनिबार दिउँसो निधन भएको हो।
द्विवेदीको उपचारको क्रममा मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे ३ बजे तिर निधन भएको परिवारिक स्रोतले जनाएको छ।घरमा ह्रदयघात भए पश्चात बयोधा मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ। द्विवेदीले भोजपुरी भाषमा विदागिरी खण्डकाव्य, चुरइन कथा संग्रह, हमरा गाँव के लोग उपन्यास लगायत केहि नेपाली तथा भोजपुरी भाषामा अनुवादीत एक हजार भन्दा बढी स्तम्भ/लेख प्रकाशित भएका छन्। नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यको द्धिवदीले प्रकाशन गर्नु भएको थियो।द्विवेदीको आइतबार बिहान ११ तिलावे नदीमा अन्त्येष्टि गरिने उहाँका जेठा सुपुत्र राधेश्याम द्विवेदी जनाउनु भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै