भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
डब्ल्युएचओको अलर्टः
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।
नेपालमा रोकथामकालागी तयारी खै?
छिमेकी मुलुकमा कोरोनाका बिरामी तिब्रगतिमा बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । लाखौको संख्यामा भारतमा काम गर्न गएका नेपालीहरू पहिले जस्तै फर्कन थाले भने भारत-नेपाल सिमामा उनीहरूको व्यवस्थापन र देश भित्र कोरोना फैलन नदिन सावधानीका लागि सरकारले अझै कार्यक्रम बाहिर ल्याएको छैन।
भारतमा यसरी फैलिदै छ कोरोना भाइरसः
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा २४ घण्टाभित्र ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार यो संख्या करिब २ हजार थियो । आइतबार दर्ता भएका केसहरू पश्चात देशमा सक्रिय बिरामीको संख्या १८ हजार ३ सय ८९ पुगेको छ । तथ्याङ्कले कोभिडबाट निको हुनेको संख्या बढेर ४.४७ करोड (४,४७,२२,६०५) पुगेको छ । पाँच जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या बढेर ५,३०,८८१ पुगेको छ, बिहान ८ बजे अपडेट गरिएको तथ्यांकले जनाएको छ।
रिकभरी दर ९८.७७ प्रतिशत
२४ घण्टाको अवधिमा दिल्ली, हरियाणा, केरला र राजस्थानमा एक–एक जनाको मृत्यु भएको र केरलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयको वेबसाइटका अनुसार देशमा सक्रिय केसहरू कुल केसको ०.०४ प्रतिशत छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रिय कोभिड–१९ निको हुने दर ९८.७७ प्रतिशत रहेको छ ।
मृत्युदर १.१९ प्रतिशत
दैनिक सकारात्मकता दर २.८७ प्रतिशत र साप्ताहिक सकारात्मकता दर २.२४ प्रतिशत रहेको छ । योसँगै यस रोगबाट निको हुनेको संख्या ४ लाख ४१ लाख ७३ हजार ३ सय ३५ पुगेको छ भने मृत्युदर १ दशमलव १९ प्रतिशत रहेको छ। मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कोभिड–१९ खोपको २२०.६६ करोड डोज दिइएको छ । गत वर्ष भारतमा कोभिड-१९ को सङ्ख्या ७ अगस्ट २०२० मा २० लाख, अगस्ट २३ मा ३० लाख, सेप्टेम्बर ५ मा ४० लाख र सेप्टेम्बर १६ मा ५० लाख नाघेको थियो। -जिएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै