काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । बितेको २४ घण्टामा एक सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
पीसीआर र एन्टिजेन गरी दुई हजार ४५० जनामा गरिएको नमूना परीक्षणबाट एक सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बितेको २४ घण्टामा थप ६६ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८६ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप ४५ हजार ६५२ जनाले लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै दैनिक रुपमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या चार सय देखि पाँच सय जना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका शाखा अधिकृत भक्तबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार – कोरोनाविरुद्धको प्रथम खोप लगाउन आउनेको संख्या २५ प्रतिशत रहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
