Home » Archives for स्वतन्त्र समाचार सेवा / INS » Page 11
Author

स्वतन्त्र समाचार सेवा / INS

चार वर्षअघि विश्वव्यापी महामारीले नेपालको मिडिया क्षेत्रलाई तहसनहस बनाएर यहाँको प्रिन्ट मिडिया, रेडियो र टेलिभिजनका दुई तिहाइभन्दा बढी रोजगारी खोसेपछि अहिले पत्रकारहरूका लागि कामको अवसर थोरै छ। कटौती गरिएको धेरैको तलब पुनर्स्थापित गरिएको छैन — केही पत्रकार त आफ्नो तलब पाउनका लागि अदालतमा लडिरहेका छन्। महामारीको समयमा बढेको सरकारी दबाब अहिले झन् बढ्दै गएको छ।

“संकट व्यावस्थापनका लागि मिडिया तयार नै थिएन,” प्रेसका मुद्दामा केन्द्रित लोकप्रिय ब्लग ‘मिडिया कुराकानी’का संस्थापक रबिराज बराल भन्छन्। नेपालमा मिडिया सङ्कटमा त थियो नै, तर महामारीले समस्याहरू झर्लङ्गै हुने गरी उजागर गरिदियो, उनले थप प्रस्ट पारे।

प्रेस स्वतन्त्रताको अनुगमन गर्ने नेपाली संस्था फ्रीडम फोरमले यसलाई …

0 comment
0 FacebookTwitterEmail
उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।  उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटाना भएको हो ।

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले

0 comment
0 FacebookTwitterEmail

इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”

उहाँको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका …

0 comment
0 FacebookTwitterEmail

जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।

सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन् ।

यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन् । तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी …

0 comment
0 FacebookTwitterEmail

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी …

0 comment
0 FacebookTwitterEmail
सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।

उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।

“विदेशमा

0 comment
0 FacebookTwitterEmail

जीर्णोद्वारपछि चिटिक्क परेको गलकोट दरबार । १०२ वर्ष पुरानो दरबारमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ ।

0 comment
0 FacebookTwitterEmail

नुवाकोट र रसुवाको सङ्गमस्थल पवित्रभूमि उत्तगरगया धाम (वेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको उत्तरगया क्षेत्र । हिन्दु धर्मालम्वीको चारधामको शिरको रुपमा उत्तरगया धाम प्रसिद्ध छ ।

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार द्वन्द्वग्रस्त गाजाले इजरायल–हमास युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयदेखि सहयातामा सबैभन्दा खराब प्रतिबन्धको सामना गरिहेको देखेको र यसले बालबालिकाहरूमा विशेष रूपमा विनाशकारी प्रभाव पारेको बताएको छ ।

“दैनिक बालबालिकाहरूको अवस्था अघिल्लो दिनभन्दा खराब हुँदै गएको छ”, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणले युद्ध सुरु गरेपछि इजरायलले जवाफी आक्रमणले गाजाका विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ राष्ट्रसङ्घले लाखौँ मानिस फसेको चेतावनी दिएको छ ।

एल्डरले भित्र जाने सहायताको मात्रा बढाउनुपर्ने तत्काल आवश्यक भए पनि …

0 comment
0 FacebookTwitterEmail

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved