Home » खाना
Category:

खाना

धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन्। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्। फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताउनुभयो।

हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ। बिहानदेखि बेलुका ८:३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ।

तामाङले बजारबाट दैनिक १५ देखि …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको छ। प्रधानमन्त्री कार्यालयमा चैत ५ गते  बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको छ।

बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका प्रतिबद्धताहरूको प्रगति समीक्षा गरिएको हो। “कार्यप्रणाली रूपान्तरणका कार्यक्रमहरू कार्यान्वयनमा लैजानुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “साथै राष्ट्रसङ्घलगायत विकास साझेदार निकायले पनि खाद्य प्रणाली रूपान्तरणका योजना तथा कार्यक्रम मूलप्रवाहीकरण गर्न आग्रह गर्दछ।”

खाद्य प्रणाली रुपान्तरणका पक्षमा नेपालले गरेका प्रयासहरू विभिन्न मञ्च तथा सम्मेलनमा सराहना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६औँ आवधिक योजनाको …

0 comment
0 FacebookTwitterEmail

विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो। बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ।

नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताउनुभएको छ। नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उहाँले बताउनुभयो।

स्थानीयस्तरमा उत्पादन …

बडीमालिकाका स्कुलमा हप्तामा एक दिन कोदोको हलुवा
0 comment
0 FacebookTwitterEmail

कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिनुभयो।

कर्णालीमा सबैभन्दा बढी अरुवा मोटा चामल माग भए पनि सो चामलको चरम अभाव भएको प्रमुख मिश्रले बताउनुभयो। महँगो रकम पर्ने स्टीम जिरा मसिनो चामल केहीमात्रामा भए पनि चामल बिक्री नहुने भएकाले अरुवा मोटा चामल नै सबैभन्दा बढी कर्णालीमा माग हुने गरेको छ। जिल्ला सदरमुकाममा रहेका …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ख्याउटेपना भएका बालबालिका पाइएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार देशमा सबैभन्दा बढी ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो ।

नेशनल डेमोग्राफि एन्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ।

प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताइए पनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो ।

लुम्बिनीमा सबैभन्दा धेरै १६ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाइ वृद्धिमा समेत लिने गरिन्छ । स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख

0 comment
0 FacebookTwitterEmail

नेपाल संस्कृति, विविधता र परिकारमा धनी देश हो । “दसैँ आयो… खाउँला ला पिउला” भन्ने वाक्यांशले नेपाली चाड दसैँको सारलाई सङ्केत गर्छ, जहाँ मानिसहरूले आफन्तहरू सँग भेटघाट गरी विभिन्न किसिमका रमाइलो गर्दै स्वादिष्ट परिकारहरू खाने गर्दछन् । यो चाडपर्वको मौसममा सबैभन्दा लोकप्रिय परिकार भनेको मासुका परिकारमा पाकेको काँक्राको अचार हो, जसलाई नेपालीमा खल्पीको आचार भनिन्छ।

पाकेको काँक्रोबाट बनाइने खल्पीको अचार एक परम्परागत नेपाली अचार हो जसलाई भदौरे काँक्रो भनिने काँक्रोको प्रयोग गरी बनाइन्छ। यो भदौरे काँक्रो नेपालको हिमालय क्षेत्र र भारतको सिक्किममा पाइन्छ र यसको आकार ठुलो र खादा स्वादिलो हुन्छ। खल्पीको अचार स्वादिष्ट मात्रै होइन पौष्टिक पनि हुन्छ । …

0 comment
0 FacebookTwitterEmail

“हाम्रा खानाको प्रचुर सम्भावना छ। देशभित्र र बाहिर धेरैले नेपाली खानाको प्रवर्द्धनको काम गरिरहेका छौ। चुनौती धेरै छ तर पनि हामी सफल भइरहेका छौ, ” बेलायतमा एक बहुराष्ट्रिय कम्पनीमा उपल्लो स्तरमा कार्यरत विनोद बराल भन्नुहुन्छ, “हामी नेपाली खासमा कस्तुरीको सुगन्ध खोज्न भौँतारिएको कस्तुरी मृगजस्ता हौ। स्वाद हाम्रो नेपालीको सादापनमा छ तर हामी विदेशी स्वादको पछाडि दौडन्छौ।”

पोखरामा जन्मिएर धादिङको मलेखु तथा काठमाडौँमा हुर्किनु भएका विनोदको भनाइमा, “हाम्रा छिमेकी भारत र चीन आफैमा अत्यन्त ठुला देश मात्र होइनन् सयौँ पाक परम्परा भएका मुलुक हुन। अनि विश्वमा चिनियाँ र भारतका अनेक प्रकारका खाना संसारमा लोकप्रिय पनि छन्। त्यस्तोमा पनि हामीले नेपाली खानालाई …

नेपाली खानाको प्रचुर सम्भावना
0 comment
0 FacebookTwitterEmail

गरिब विपन्न तथा मजदुरहरूलाई ५० रुपैयाँमै खाना खुवाउँदै आएको भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ। सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विद्यार्थीका लक्षित गरि सञ्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो। बढ्दो महङ्गीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलोसाता देखि फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दीपक बहादुर श्रेष्ठले बताउनुभयो।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा भरपेट भोजनालय फेरि सञ्चालनमा आउने श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिले पनि गरिब, विपन्न र …

0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …

0 comment
0 FacebookTwitterEmail

केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा  केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।

सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved