Home » Archives for स्वतन्त्र समाचार सेवा / INS » Page 5
Author

स्वतन्त्र समाचार सेवा / INS

दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।

जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताउनुभयो । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो ।

“त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भन्नुभयो । निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती …

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताउनु भएको छ ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।

गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी …

0 comment
0 FacebookTwitterEmail

सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उहाँको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो

0 comment
0 FacebookTwitterEmail

 हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ ।

जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउनुहुन्छ । “जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ”, तिम्सिना भन्नुहुन्छ ।

सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई …

0 comment
0 FacebookTwitterEmail

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनु भएको छ ।

प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्वपुर्ण र आमा –बाबासँग विताउनु पर्ने उमेर भएको उहाँले प्रष्ट पार्नु भएको छ ।

नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानून पारित भएपछि, कार्यान्वयनका …

0 comment
0 FacebookTwitterEmail

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण हुनुभएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।

विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा …

0 comment
0 FacebookTwitterEmail

 इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पु¥याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम …

0 comment
0 FacebookTwitterEmail

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई …

0 comment
0 FacebookTwitterEmail

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस …

0 comment
0 FacebookTwitterEmail

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गर्नुभएको छ । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन,” उहाँले भन्नुभयो। अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved