इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिए, रोकिएला युद्ध ?

हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिनवरको हत्या भएको पुष्टि गरेका हुन्।

उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

बिहीबार इजरायलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिनवार हुन सक्ने सम्भावना रहेको बताएको थियो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ।

सिनवारको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै विशेष सैनिक कारबाहीमा भएको भने होइन। उनी गजापट्टिमा इजरायली सेनाले गरेको नियमित कारबाहीमा मारिएका हुन्।

एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा सेनाले त्यहाँ ट्यांकले आक्रमण गरेको थियो। पछि सैनिक भित्र पसेर हेर्दा सिनवार जस्तै देखिने व्यक्तिको शव भेटिएको हो। सो कुरा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट पनि सिनवार मारिएको पुष्टि भइसकेको छ ।

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो ।

सिनवारको मृत्युलाई इजरायल र अमेरिकाले महत्वपूर्ण उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।

रोकिएला युद्ध ?

सिनवारको मृत्यु भएको पुष्टि भएसँगै अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयहरूले विजयी उत्सव मनाइरहेका छन् । सिनवारलाई एक आतंककारीकारुपमा लिएको र उनको मृत्युलाई वर्तमान युद्ध अन्त्यको संकेतका रुपमा लिइएको विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।

सिनवार २०२३ अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ। सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो ।

उक्त आक्रमणका मुख्य योजनाकार रहेका सिनवार नै मारिएपछि इजरायलले यसलाई विजयी उत्सवकोरुपमा लिएको र अब युद्ध नै अन्त्य हुन सक्ने विश्लेषण गरिएको छ।

को हुन् याह्या सिनवार ?

सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए। त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता बने । हमासभित्र सिनवारको प्रभाव बढ्दै जाँदा उनी हमासको प्रमुखसमेत बन्न पुगे ।

गत वर्षको अक्टोबर ७ मा  दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकारको मुख्य व्यक्ति थिए सिनवार।

यसअघि हमासको प्रमुख इस्मायल हानिया थिए । गत जुलाईमा उनी मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

सिनवार एक चरमपन्थी नेता मानिन्छन्। उनको स्वभावका कारण गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ। उनले यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइको प्रमुखका रूपमा काम गरेका थिए। सन् १९६२ मा जन्मिएका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए।
सिनवारलाई तीन पटक पक्राउ गरिएको छ। पहिलो पटक सन् १९८२ मा इजरायली सैनिकले उनलाई चार महिना जेलमा राखेका थिए। सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको सर्तमा हमास र फतहका कैदीहरूलाई रिहा गर्यो, जसमा याह्या सिनवार पनि थिए।

इजरायली कैदबाट मुक्त भएपछि सिनवारले हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा उनी गाजा क्षेत्रमा हमासको राजनीतिक विभागका प्रमुख बने। उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो, र अमेरिकाले सन् २०१५ मा उनलाई ‘अन्तर्राष्ट्रिय आतङ्ककारी’ को सूचीमा राखेको थियो ।

सिनवारको मृत्युमा अमेरिकाको प्रतिकृया: ‘विश्वको लागि राम्रो दिन’

इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई विश्वका लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन्।

बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भने, “इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई जानकारी दिएका छन् कि हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको हिस्साको रूपमा मारिएको छन्। डीएनए परीक्षणले पनि यसका मृत्यु भएको पुष्टि गरेको छ। यो इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि राम्रो दिन हो।”

सिनवारको निन्दा गर्दै बाइडेनले थपे, “हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकहरूको मृत्युका लागि जिम्मेवार थिए।”

साथै, बाइडेनले अक्टोबर ७ मा इजरायलमा भएको हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको बताए। उनले भने, “सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए, तर त्यो बाधा अब रहेन। तर अझै धेरै काम बाँकी छ।” बाइडेनले भने, “म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु।”

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link